Bagmati Samachar Logo

महानगरले फेरि सुरु गर्‍यो न्यूरोडमा सडक विस्तार

काठमाडौं महानगरपालिकाले रोकिएको नयाँ सडकको पैदलमार्ग विस्तारको काम फेरि अघि बढाएको छ । न्यूरोडमा फुटपाथ विस्तारको काम अघि बढाउन सुरु गरेको हो।

केन्द्र सरकार अन्तरगत रहेको सडक डिभिजन कार्यालयले आफ्नो क्षेत्राधिकारमा पर्ने भन्दै हस्तक्षेप गरे पछि उक्त काम रोकिएको थियो ।

संघ सरकारको अवरोध पछि महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दाएर गरेको थियो । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार नरोक्न अन्तरीम आदेश दिए पनि आजबाट काम सुरु गरेको महानगरले जनाएको छ ।

अदालतको आदेशसँगै फुटपाथ विस्तारको काम अघि बढाउन बाटो खुलेको र महानगरले डोजर लगाएर सडकको दायाबायाँ भत्काउन सुरु गरेको हो ।

क्षेत्राधिकारका बारेमा महानगर सडक डिभिजन कार्यालयका बीचमा तनावको स्थिति सिर्जना भएको थियो । क्षेत्राधिकारका बारेमा विवाद भएसँगै आफ्नो काममा अवरोध भएको भन्दै तत्कालीन यातायातमन्त्री रघुवीर महासेठ र महानगर प्रमुख बालेन्द्र शाहबीच विवाद भएको थियो ।