त्रिशुलीमा हराइरहेका बस सवार मध्ये १३ शब फेला
काठमाडौं । सिमलतालमा पहिरोले बगाएका दुई वटा बसमा सवार मध्ये १३ वटा शव फेला परेका छन्। ती मध्ये अहिलेसम्म जम्मा ८ वटा शबको मात्र सनाखत हुन सकेको छ ।
बाँकीको अझै सनाखत भएको छैन । खोजी कार्यमा खटेका सुरक्षाकर्मीहरुले दिएको जानकारी अनुसार नारायणी नदी किनारमा ती शव फेला पारेपनि हालसम्म ८ जनाको मात्रै सनाखत भएको छ।
गत शुक्रबार वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहट जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्सलाई यात्रुसहित पहिरोले त्रिशूली नदीमा बगाएको थियो।
दुबै बसमा करिब ६५ थिए । ती मध्य ३ जनाले बसबाट हाम फालेर ज्यान जोगएका थिए ।
प्रतिक्रिया दिनुहोस्: