Bagmati Samachar Logo

माओवादी पदाधकारी बैठकमा प्रचण्डको ब्रिफिङ : ओलीभन्दा देउवा इमान्दार

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक रुपमा केपी शर्मा ओली भन्दा कांग्रेस सभापति शेरबहादुर देउवा इमानदार रहेको बताएका छन् ।

प्रचण्डले माओवादीको पदाधिकारी बैठकमा कांग्रेस एमालेबीच भएको गठबन्धनका बारेमा ब्रिफिङ गदै ओलीले दिन भरी ढाँटी रहे तर शेरबहादुरले हो हामीबीच गठबन्धन बनाउने निर्णय भएको छ भनेपछि आफूले थाह पाएको प्रचण्डले बैठकमा बताएको सचिव राम कार्कीले बताए ।

प्रधानमन्त्री प्रचण्डको भनाइ भन्दै कार्कीले भने,‘मंगलबार बिहान बालुवाटार ओली र आफूबीच भएको भेटमा ओलीले केहि पनि भएको छैन राष्ट्रिय सहमतिको सरकार बनाउने बारे छलफलमात्र भएको हो । अरु त यहि गठबन्धन चल्छ । तर देउवालाई सोध्दा आजै गठबन्धन बन्छ अरु कुरा थाह छैन ।’

मंगलबार बिहान प्रचण्डले ओली बालुवाटारमा आएपछि कांग्रेससँग मिल्न थाल्नु भएको हो ? भनेर सोध्दा होइन भन्नु भएको रहे छ । तर राती नै दुई दलबीच सम्झौता भयो । अब राजीनामा दिदैनौ विश्वासको मत लिन्छौ भनेर ब्रिफिङ गरेका छन् ।

अझ भेटवार्तामा राष्ट्रिय सहमतिको सरकार बनाउने हुदा तपाईसँग पनि छलफल गर्ने भन्ने भएको ओलीले आफूलाई सुनाएको प्रचण्डले बैठकमा भनेका अर्का एक पदाधिकारीले बताए । प्रचण्डको भनाइ भन्दै ती

पदाधिकारीले भने, ‘ओली जीले हामीबीच केही पनि त भएको छैन । कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाऔँ भनेर छलफल भएको हो । यसमा तपाईंसँग पनि छलफल गर्ने कुरा भएको छ ।’

आज बिहान बालुवाटार आएर ओलीले आफूलाई सहयोग गर्न भनेकाले आफूले सहयोग गर्न नसक्ने प्रचण्डले बैठकमा बताएको ती पदाधिरीले बताए ।
ती पदाधिकारीले भने,‘हिजोसम्म केहि भएको छैन भन्ने ओली आज आएर सहयोग गर्न भन्नुु भयो । मैले हुदैन भनि दिए ।अरु खास कुरा भएन ।’

प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने निर्णय गरेको छ ।

सोमबार राती कांग्रेस र एमालेबीच नयाँ सरकार गठनका लागि सहमति भएको छ । सहमति अनुसार एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनको तयारी सुरु गरिएको छ ।

यता प्रधानमन्त्री प्रचण्डले तत्काल राजिनामा नदिने निर्णय गरेका छन् । अझै विश्वासको मत लिने भनिरहेका प्रचण्डले तत्कालै प्रधानमन्त्री हुन तयार भएका ओलीलाई केहि दिन भएपनि पर धकल्ने देखिन्छ ।