नेकपा एस महाधिवेशनः यी हुन नेपाल र भुसाल पक्षबाट अध्यक्षदेखि सचिवसम्मका आकांक्षि
काठमाडाैं । नेकपा एकीकृत समाजवादीले १०औ महाधिवेशनको उद्घाटन गरेको छ । पाँच दिनसम्म चल्ने महाधिवेशनले दुई दिन राजनीतिक, सांगठनिक लगायतका प्रतिवेदनमा छलफल हुने छ । अन्तिका दुई दिन नेतृत्व चयन हुने छ ।
नेतृत्वको लागि अध्यक्षमा वर्तमान अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालबीच प्रतिस्पर्धा हुने छ । महाधिवेशनको उद्घाटन सत्र सकिएसँगै दुबै पक्षका युवा नेताहरु बढी आक्रामक देखिएका छन् ।
महाधिवेशनमा आएका जनप्रतिनिधिहरुलाई आआफ्नो पक्षमा पार्नको लागि दुबै पक्षले युवाहरु परिचालन गरेका छन् । दुबै तर्फबाट युवाहरु अध्यक्षका उम्मेदवारको पक्षमा मत माग्न थालेका छन् । अझबढी भसालका पक्षका युवाहरु पुुतलिसडकको तिरुपति होटल र बागबजारको हार्दिक होटमा प्रतिनिधि लाई बोलाएर भेटघाट गर्न सुरु गरेका छन् ।
युवाहरुले प्रतिनिधि कुन जिल्लाबाट कुन कुन आए भनेर गणना गरिरहेका छन् । यस कामको लागि भुसाल पक्षका युवा र विद्यार्थीहरु सक्रिय रहेका छन् ।
यसको लागि युवा संघका संयोजक कृष्ण विक, अनेरास्ववीयूको अध्यक्ष आरती लामा, युवा नेता तथा सुदुरपश्चि प्रदेशका सांसद तथा केन्द्रीय सदस्य नरेश कुमार शाही, केन्द्रीय सदस्य आषेश घिमिरे लगायत नेताहरु सक्रिय रुपमा लागेका छन् ।
सम्मानीति नेता झलनाथ खनालले भुसाललाई समर्थन गरेका छन् । तर भुसाल टिमलाई खनाल पक्षका प्रतिनिधिलाई कन्भिन्स गर्न समस्या रहेको भुसाल निकट एक केन्द्रीय सदस्यले बताए । ती केन्द्रीय सदस्यले भने,‘दुई पक्ष मिल्दा पनि जेएन कमरेड पक्षका प्रतिनिधिहरुले भुसाल कमरेडलाई समर्थन नगर्ने भन्न थालेपछि समस्या भएको छ । उहाँहरुलाई कन्भिन्स गर्न अप्ठेरो भएको छ । पहिलो चरणको भेटघाट यस्तै खालका प्रतिनिधिहरुलाई भेट्ने हो । जुन आजबाट सुरु भयो ।’
माधवकुमार नेपाल पक्षहरुपनि आन्तरिक रुपमा बढी सक्रिय रहेका छन् । युवाहरुमा नितेश पौडेल,फुर्वा लामा,सुदेश पराजुली लगायत सक्रिय रुपमा प्रतिनिधिसँग भेटघाट गरीरहेका छन् । यो पक्षको भेटघाट पनि आफ्नालाई भुसाल पक्षमा जान नदिने र खनाल पक्षका प्रतिनिधिहरुलाई आफूतर्फ तान्न छलफल भेटघाट गरिरहेका छन् ।
खनाल पक्ष निर्णायक
महाधिवेशनमा खनाल पक्ष निर्णायक रहेको छ । युवालाई नेतृत्वमा ल्याउनु पर्छ भनेर भुसाल पक्षहरु लागि रहेका छन् । तर खनालले समर्थन गरेपनि उनको पक्षका सबै प्रतिनिधिहरुले भुसाललाई नस्वीकार्ने भएपछि नेपाल पक्षकाहरु बढी विश्वस्त रहेका छन् ।
विद्रोहको स्थायीत्व भर्सेज नेतृत्व हस्तान्तरण
महाधिवेशनमा एमालेबाट विद्रोह गरेको ठिक थियो भनेर वैचारी र सांगठनिक रुपमा पनि प्रमाणीत गर्नु पर्ने भएकाले माधवकुमार नेपालको नेतृत्वलाई नै स्थापीत गर्नु पर्ने नेपाल पक्षको छ । यो पक्षले कठिक अवस्थामा एमालेबाट विद्रोह गरेकाले पनि नेपाललाई नेतृत्वमा निरन्तरता दिनु पर्ने तर्क राख्छन् ।
उता भुसाल पक्षहरुले नेतृत्व सधै एकै व्यक्तिमा केन्द्रीत हुदा पार्टी संगठनमा नयाँपन नआउने भएकाले नेतृत्व हस्तान्तरण हुनु पर्ने तर्क राख्न थालेका छन् ।
टिमको तयारी
सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गर्नेमा नेपाल छन् । त्यसको लागि आफै सर्वसम्मत अध्यक्ष चयन हुने र पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष पद थपेर अरु सबै पुरानै टिमलाई निरन्तरता दिने तयारीमा छन् । यदि त्यो हुन सकेन भने आन्तरिक रुपमा निर्वाचनमा जानको लागि टिम तयारीमा लागेका छन् ।
नेपाल पक्ष
अध्यक्ष माधवकुमार नेपाल
वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे
उपाध्यक्ष बेदुराम भुसाल
उपाध्यक्ष प्रमेश हमाल
उपाध्यक्ष रामकुमारी झाक्री
महासचिव जगनाथ खतिवडा
महासचिव गंगालाल तुलाधर
उपमहासचिव राजेन्द्र राई
उपमहासचिवमा नगेन्द्र चौधरी
सचिव दिलकुमारी पन्त
सचिव हस्त शाही
सचिव दिर्घ सोडारी
सचिव मेटमणी चौधरी उठ्ने गरी तयारी थालेका छन् । अहिले नै सधै जना नेताहरु कुन कुन पदमा उम्मेदवारी दिने भनेर सुनिश्चित भइसनसकको एक नेताले बताए । ती नेताले भने ‘आज र भोली छलफल गरेर टुङ्ग्याउदै छौँ । भोलीसम्म सबै नेताहरु विशेष गरेर पदाधिकारीमा टुङ्गो लाग्ला ।’
भुसाल पक्ष
अध्यक्ष घनश्याम भुसाल
वरिष्ठ उपाध्यक्ष रामचन्द्र झा
उपाध्यक्ष जयन्ती राई
उपाध्यक्ष घनेन्द्र बस्नेत
उपाध्यक्ष विजय पौडेल
महासचिव प्रकाश ज्वाला
उपमहासचिव गरिमा शाह
उपमहासचिव जीवनराम श्रेष्ठ
उपमहासचिव हरि पराजुली
उपमहासचिव सुधिर शाह
सचिव नरेशकुमार शाही
सचिव आषेश घिमिरे
सचिव लक्ष्मण लम्साल
सचिव उमेश शर्मा बजगाई
सचिव अब्दुल खान
सचिव बलदेव चौधरी
प्रतिक्रिया दिनुहोस्: