बालेनलाई नगर सदस्य अनिताको प्रश्न : सिंहदरबार जलाउँछु भन्दा तपाईँको भव्य दरबार जनताले जलाए भने के हुन्छ ?
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबार जलाउँछु भनी दिएको अभिव्यक्तिप्रति नगर सभामा सदस्य अनिता कार्की ढोली प्रश्न उठाएकी छिन् । अतिाले मेयरसँग समय लिएर बोल्ने क्रममा मेयरले सिंहदरबार जलाउँछु भन्दा भोलि महानगरबासीले मेयरको दरबार जलाए भने के हुन्छ भनी प्रश्न गरिन् ।
उनको प्रश्न थियो, ‘प्रमुखज्यू जुन कुर्सीमा बसिराख्नु भएको छ त्यो कुर्सीको अधिकार संविधान र कानूनले दिएको हो । जुन अधिकार सिंहदरबारले प्रदत्त गरेको अधिकार हो । व्यक्तिगत रिसइबीमा सिंहदरबार जलाउँछु भन्ने तपाईँलाई तपाईँ बस्ने भव्य दरबार, जहाँ ऐश आराम गरिरहनुभएको छ महानगरबासीले जलाए भने के हुन्छ ? दलको विकल्प दल हुन्, व्यक्ति हुन सक्दैन ।’
उनले माओवादीले यो देशको परिवर्तनका लागि गरेको योगदानको अवमूल्यन नगर्न मेयरलाई चेतावनीसमेत दिइन् । उनले नीति तथा कार्यक्रम महानगरका जनप्रतिनिधिले नभएर बाहिरका व्यक्तिले तयार पारेको भन्दै मेयरको नियतमाथि प्रश्न समेत उठाइन् ।
प्रतिक्रिया दिनुहोस्: