मकवानपुरमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, चार जना बिरामी
काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकामा जङ्गली च्याउ खाँदा एक मृत्यु भएको छ भने चार जना बिरामी भएका छन् । आज राक्सिराङ गाउँपालिका–७, दगुवाङमा जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका थिए ।
स्थानीयले उद्धार गरी चितवनस्थित भरतपुर अस्पताल पुर्याएकामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जङ्गली च्याउ खाँदा स्थानीय बलबहादुर प्रजा, उनकी ४५ वर्षीया श्रीमती जालिमाया प्रजा, छोरी १५ वर्षीया रेञ्जु प्रजा, आठ वर्षीया सविना प्रजा र १० वर्षीय छोरा सुशील प्रजा बिरामी भएका हुन् ।
बलबहादुरको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्: