राजेन्द्र लिङ्देनले संसदमै च्याते बजेट पुस्तिका
असन्तुष्टि जनाउँदै बजेट पुस्तिका च्यातेका हुन् । उनले आफू कम आक्रोश पोख्ने मान्छे भएको बताउँदै मन्त्रालयको पुस्तिका पाएको दिनदेखि आफू तातिएको बताए ।
पुस्तिका च्यातेर फाल्ने मन भए पनि संसदीय मर्यादाविपरीत हुने भएकाले आफूले नफाल्ने बताए । अध्यक्ष लिङदेनले चारवटा निर्वाचन क्षेत्रबाहेकका प्रतिनिधिसभा सदस्यहरू बजेटप्रति असन्तुष्ट रहेको बताए । लाज र घिन नराखीकन राज्यको स्रोतमाथि मनपरी गरिएको बताए ।
“सामान्यतया म आफूले आफैँलाई हेर्दाखेरी कम आक्रोश पोख्ने, कम रिसाउने मान्छे हो । रिस पनि उठ्छ । कहिलेकाहीँ रिस पनि पोखिन्छ । तर, एकछिन पछि सेलाउने, मन बुझाउने खालको मान्छेको रूपमा मैले आफूलाई ठान्छु,” उनले भने, “जब यो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पुस्तिका हातमा पर्यो । त्यो दिनदेखि म यसरी तातिएको छु कि, यो यसरी च्यातेर (पुस्तक च्यात्दै), यसरी हुर्याउने मन छ । (हुर्याउन खोज्दै) । तर, यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर कहाँ हुर्याउनुपर्ने त्यहाँ नहुर्र्याएर यहाँ राख्छु मैले ।”
प्रतिक्रिया दिनुहोस्: