Swornakshar Logo

दीपेन्द्र बने एसोसिएटका नम्बर १ अलराउन्डर, टि–२० वरीयतामा ११औं स्थानमा

काठमाडौं । पछिल्लो समय उत्कृष्ट लयमा रहेका नेपालका अलराउन्डर किक्रेट खेलाडी दीपेन्द्रसिंह ऐरी एसोसिएट राष्ट्रको नम्बर वान अलराउन्डर बनेका छन्।

आईसिसीले गरेको नयाँ अपडेट अनुसार दीपेन्द्र टि–२० अन्तर्राष्ट्रियको अलराउन्डर वरीयतामा ११औं स्थानमा रहँदै एसोसिएटको नम्बर एक अलराउन्डर बनेका हुन्।

ओमानमा जारी एसिसी प्रिमियर कपमा बल, ब्याट र फिल्ड तीनै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरिरहेका १४ स्थान माथि उक्लँदै ११औं स्थानमा आएका छन्।

दीपेन्द्रपछि एसोसिएटमा नामिबियाका ग्रहार्ड इरास्मस १३औं स्थानमा छन्। अलराउन्डरतर्फ पहिलो नम्बर बंगलादेशका सकिब अल हसन रहेका छन्।