Swornakshar Logo

दीपेन्द्रले कतारविरुद्ध प्रहार गरे एकै ओभरमा ६ छक्का

काठमाडौं । एसीसी प्रिमियर कपको कतारविरुद्धको खेलमा नेपालका दीपेन्द्रसिंह ऐरीले एकै ओभरमा छ छक्का प्रहार गरेका छन् । उनले कमरानले गरेको २० औँ ओभरमा छ छक्का प्रहार गरेका हुन् । एकै ओभरमा छ छक्का प्रहार गर्ने उनी पहिलो नेपाली खेलाडीसमेत बनेका छन् ।

उनले २१ बलमा नटआउट ६४ रन बनाएपछि नेपालले ७ विकेटमा २१० रन बनायो । नेपालका लागि आसिफ शेखले पनि अर्धशतक बनाएका थिए ।