सशस्त्रको केन्द्रीय स्टोरमा आगलागी भएको घटना छानबिन गर्न एआईजीको नेतृत्वमा समिति
काठमाडौँ । काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ ।
एपीएफ अस्पतालसँगै रहेको बहुउद्देश्यीय भवनको केन्द्रीय स्टोरमा लत्ताकपडा र बुटलगायका बन्दोबस्तीका सामान स्टोर गरिएको हुन्छ ।
आगलागी भएको घटना छानबिन गर्न एआईजीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । कार्य विभागका प्रमुख एआईजी बंशिराज दाहालको नेतृत्वमा छानबिन समिति गठन गरिएको सशस्त्रका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताए ।

विद्युत् चुहावट भएर आगलागी भएको प्रारम्भिक आकलन गरिएको छ ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौंको चन्द्रागिरि नगरपालिका सतुङ्गलस्थित सशस्त्र प्रहरीको गोदाममा (स्टोर रुममा) आगलागी भएको स्थलको अवलोकन गरेका छन् । उनले आसपासका बस्तीमा रहेको सीसी क्यामेराबाट जाँच गर्न समिति बनाउन सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस्: