Bagmati Samachar Logo

सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले पनि दिए राजीनामा

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले पदबाट राजीनामा दिएका छन् । सरकार अल्पमतमा परेपछि उनले राजीनामा दिएका हुन् ।

सरकार जोगाउन अन्तिम समयसम्म प्रयास गरे पनि विश्वासको मत जुट्न नसक्दा उनी राजीनामा दिन बाध्य भएका हुन् ।

आजै लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्ली चौधरीले पनि अल्पमतमा परेपछि राजीनामा दिएका थिए ।