बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए तेस्रो पटक विश्वासको मत
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत पाएका छन् । मुख्यमन्त्रीले आज बागमति प्रदेश सभामा कांग्रेसले सरकारबाट विश्वासको मत फिर्ता लिएपछि विश्वासको मत मागेका थिए ।
मुख्यमन्त्रीलाई सत्ता गठबन्धनमा रहेका दलहरू एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका सात र हाम्रो नेपाली पार्टीका एक सांसदको मत दिएका हुन् ।
राप्रपाका १३, नेपाल मजदुर किसान पार्टीका ३ सांसद छन्। कांग्रेसका ३७ सांसदले विश्वासको मतको विपक्षमा मत दिए । बागमती प्रदेशसभामा १ सय १० प्रदेशसभा सदस्य रहेकोमा मतदानमा १ सय ८ जना सहभागी भएका थिए ।
विश्वासको मतको पक्षमा ५६, विपक्षमा ३७ मत परेको हो । १५ सांसद तटस्थ रहे । विश्वासको मत जित्नका लागि ५६ मत आवश्यक रहेकोमा मुख्यमन्त्री जम्कट्टेलले ५६ मत नै पाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्: