बागमती सरकारमा हानेपा सहभागीसँगै जम्कट्टेल सरकारको संकट टर्यो
काठमाडौं । हाम्रो नेपाल पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हानेपाका प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलाई मन्त्री बनाएका छन् । बज्राचार्यले बिहीबार साँझ संस्कृति, पर्यटन तथा सहकारीमन्त्रीका रूपमा शपथ लिएका छन् ।

हानेपा सरकारमा सहभागी भएसँगै जम्कट्टेल सरकारको संकट टरेको छ । केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै कांग्रेस बागमती सरकारबाट बाहिरिएको थियो । कांग्रेस सरकारबाट बाहिरिएपछि माओवादी केन्द्र, एमाले, नेकपा एसलगायत मिल्दा पनि सरकार बनाउन एक सांसद कम हुन्थ्यो । यस्तोमा हानेपाका बज्राचार्य मन्त्री बनेपछि सरकारमाथिको संकट टरेको हो ।

प्रतिक्रिया दिनुहोस्: