Bagmati Samachar Logo

इलाम २ मा उम्मेदवारकाे लागि रास्वपामा ६ जनाको निवेदन

काठमाडौं । १५ वैशाखमा इलाम २ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरेको छ ।

रास्वपाले गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, मिलन लिम्बू र डा। शेषरमण न्यौपानेले उम्मेदवार बन्नका लागि नाम दर्ता गराएको जनाएको छ ।

प्रारम्भिक उम्मेदवारी उपरको दाबी विरोध गर्ने समय भोलि १ बजेसम्म रहेको छ ।