कानुनी साक्षरता गाउँ–गाउँमा पुर्याउनुपर्छः कानून मन्त्री गिरी
पर्वत । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले कानुनी साक्षरता गाउँ–गाउँमा पुगाउनु पर्ने बताएका छन् । कानुनी व्यवस्थाबारे जानकारी नपाउँदा धेरैले दुःख पाएको भन्दै उनले यसबारे गाउँ–गाउँमा पुगेर जानकारी दिनुपर्ने बताएका हुन् ।
आफ्नो निर्वाचन क्षेत्र रहेको पर्वतको पैयुँ गाउँपालिकाका बासिन्दासँग भेटघाटका क्रममा मन्त्री गिरीले उक्त कुरा बताएका हुन् ।
कतिपय कानुन संशोधन गर्न समेत जरुरी रहेको उल्लेख गर्दै मन्त्री गिरीले देश संघीयतामा गए पनि अझै नयाँ कानुनहरु बन्न नसक्दा देश विकासको गति नै रोकिएको उल्लेख गरे ।
सदनमा पेश भएका कतिपय विधेयकहरु राजनैतिक अस्थिरताका कारण सदनबाट पास हुन नसकेको बताए ।
मन्त्री पदमा रहँदा वा नरहँदा पनि आफ्नो निर्वाचन क्षेत्रमा पटक–पटक पुग्ने गरेका एमालेका नेतासमेत रहेका गिरीले पछिल्लो पटक पैयुँ र विहादी गाउँपालिकाका विभिन्न ठाउँका बासिन्दासँग भेटघाट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्: