बागलुङमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, २५ घाइते
काठमाडौं । रुकुमपश्चिबाट काठमाडौंका लागि छुटेको बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् ।
बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस सोमबार साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । घाइतेलाई उपचारका लागि बुर्तिबाङ पठाइएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकका अनुसार बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ । गाडीमा ३२ जना यात्रु थिए ।
प्रतिक्रिया दिनुहोस्: