महरालाई अस्पताल भर्ना गर्न अदालतको आदेश, नर्भिकमा राखिने

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा बिरामी रहेको भन्दै जिल्ला अदालत काठमाडौंले अस्पताल भर्ना गर्न आदेश दिएको छ ।
सोमबार बिहान पक्राउ परेका उनलाई सोमबारै म्याद थपकालागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो । अदालतले उनलाई चार दिन हिरासतमा राख्न अनुमति पनि दिएको छ । हिरासतमा राख्न अनुमति दिएको अदालतले महरा बिरामी रहेको भन्दै अस्पताल भर्ना गर्नसमेत आदेश दिएको थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता होबिन्द्र बोगटीले उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा राखिने बताए ।
प्रतिक्रिया दिनुहोस्: