नेविसंघमा सबै भन्दा कान्छी सदस्य बनिन् कविता वन
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ समितिमा ४१ जना केन्द्रीय सदस्य थप भएका छन् । नेविसंघले आज केन्द्रीय सदस्यहरु थप गरेकाे हाे । थप गरेका केन्द्रीय सदस्यमा कविता वन सबैभन्दा कान्छी सदस्य बनेकी छिन्र ।
कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेविसंघको केन्द्रीय तदर्थ समितिमा विभिन्न जिल्लाका गरी ४१ जना थप गरेका कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यसअघि केन्द्रीय तदर्थ कार्यसमिति सदस्यमा ७१० जनालाई मनोनयन गरिएका थिए ।
सभापति देउवाले विसं २०७८ चैत ९ गते केन्द्रीय अध्यक्षमा शेर्पालाई नियुक्त गरेका थिए । शर्पाले आगामी असारमा १२औँ महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।
यससँगै नेविसंघको सबै भन्दा कान्छी केन्द्रीय सदस्यमा खोटाङकी कविता बन बनेकी छिन् । १३ वर्षको उमेरमा स्कुलमा नेविसंघको सदस्यता लिएकी थिइन् । कक्षा ८ मा पढ्दा स्कुलको इकाइ समित उपसभापति भएकी थिइन् । नेविसंको पालिका उपसभापति हुदै अहिले केन्द्रीय सदस्य बनेकी छिन् ।
नेविसंघको राजनीतिमा सक्रिय रहेकी बन राजनीतिबाट देशको सेवा गर्ने बताउछिन् । युवाहरु विद्यार्थी राजनीतिमा सक्रिय हुन छोडेको समयमा आफूले राजनीतिबाट देश सेवा गर्नु पर्छ । अन्याय अत्याचारका विरुद्ध युवाहरु बोल्नु पर्ने उनी बताउछिन् । विद्यार्थीहरुको हक हितको लागि अझै धेरै काम गर्न बाँकि रहेकाले आफू विद्यार्थी राजनीतिमा सक्रिय रहेको उनी बताउछिन् ।

प्रतिक्रिया दिनुहोस्: