नवनिर्वाचित राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले गरे पदभार ग्रहण
काठमाडौँ । नवनिर्वाचित राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले पदभार ग्रहण गरेका छन् । मंगलबार निर्वाचित भएका दाहालले निर्वाचित भएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि पदभार ग्रहण गरेका हुन् ।
मंगलबार भएको मतदानमा दाहाल कांग्रेसका तर्फबाट उम्मेदवार बनेका युवराज शर्मालाई पराजित गरी अध्यक्षमा निर्वाचित भएका थिए ।
पदभारका क्रममा उनले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ४० मा भएको व्यवस्था अनुसार राष्ट्रिय सभामा मन्त्रीहरूसँग प्रश्नोत्तर गर्न सकिने भएकाले त्यसका लागि राष्ट्रिय सभा सदस्यहरूका लागि अभिमुखीकरण सञ्चालन गर्ने निर्णय स्वीकृत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्: