एमालेले बोलायो वैशाखमा महाधिवेशन प्रतिनिधि परिषद बैठक
काठमाडौं । नेकपा एमालेले महाधिवेशन प्रतिनिधि परिषद बैठक बोलाएको छ । आज बसेको सचिवालय बैठकले वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाएको एमालेका महासचिव शंकर पोखरेलले बताए ।
उनले भने, ‘हामीले पार्टी स्थापनाको ७५ औं वर्षगाँठ अवसरमा विशेष कार्यक्रम गर्ने योजना बनाएका थियौं । वैशाख १० गते बिशेष कार्यक्रम गर्ने निर्णय गरिसकेका छौं । त्यो कार्यक्रममा देशभरका अगुवा कार्यकर्ता सहभागी गराउँछौं ।
आजको बैठकमा पार्टी स्थापना दिवस मनाउनेबारे छलफल गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्: