Bagmati Samachar Logo

माओवादीले तोक्यो प्रदेशमा नयाँ कमाण्डर

काठमाडौं । विधान अधिवेशन पछि सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले नेताहरुको नयाँ कार्य विभाजन तय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बुधबार दोस्रो दिन बसेको पार्टी स्थायी समिति बैठकले नेताहरुको कार्यविभाजन टुंगो लगाएको हो।

मंगलबार बसेको माओवादी स्थायी समिती बैठकले १० प्रदेश इन्चार्ज परिवर्तन गर्ने निर्णय गरेको थियो।

आजको बैठकले हरिबोल कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेल इन्चार्ज भएका छन् । केन्द्रीय सदस्य सावित्रीकुमार काफ्ले सहइन्चार्ज भएका छन् । मधेसमा सचिव लीलामणि पोखरेल, सहइन्चार्ज विश्वानाथ साह, बागमती प्रदेशमा उपाध्यक्ष अग्निप्रसाद सापकोटा इन्चार्ज र सहइन्चार्ज नारायण दाहाल बनाउदा विरोध भएपछि हटाएको छन् ।

गण्डकीमा सचिव दीनानाथ शर्मा इन्चार्ज र केन्द्रीय सदस्य हरिराज अधिकारी सहइन्चार्ज, लुम्बिनीमा सचिव चक्रपाणि खनाल इन्चार्ज, स्थायी समिति सदस्य कुलप्रसाद केसी सहइन्चार्ज, कर्णालीमा स्थायी समिति सदस्य कालीप्रसाद मल्ल इन्चार्जको जिम्मेवारी दिइएको छ भने सहइन्चार्ज चुन्न बाँकी रहेको छ ।

सुदूरपश्चिममा उपमहासचिव गिरिराजमणि पोखरेल इन्चार्ज र केन्द्रीय सदस्य बिना मगर सहइन्चार्ज बनाइएको छ । यस्तै प्रवासतर्फ मध्यपूर्वमा इन्चार्ज उपाध्यक्ष पम्फा भुसाल , भारतमा केन्द्रीय सदस्य लक्ष्मण पन्त, युरोप अमेरिकामा सचिव सुरेन्द्रकुमार कार्की रहेका छन् ।

विशेष प्रदेश समितिमा सचिव हितमान शाक्य रहेका छन् । सहइन्चार्ज स्थायी समिति सदस्य यशोदा सुवेदी रहेकी छिन् ।

पार्टीको यस्तो कार्यविभाजनप्रति उपमहासचिव जनार्दन शर्माले असहमति जनाउँदै लिखित रुपमा फरक मत राखेका छन् । माओवादीको साउनमा बसेको केन्द्रीय समिति बैठकले माओवादी विशेष रुपान्तरण अभियानका लागि प्रदेश इन्चार्ज बनाएको थियो।

आजको स्थायी समिति बैठकले ती इन्चार्जहरुको हेरफेर गरेको हो।