राष्ट्रियसभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने
काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने भएको छ ।
आज सम्पन्न माओवादी पार्टीको स्थायी समिति बैठकले फागुन २९ गतेहुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको स्थायी समिति सदस्य कमला रोकाले जानकारी दिइन् ।
बैठकमा अधिकांश स्थायी कमिटी सदस्यहरुले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिनुपर्ने मत राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्: