Swornakshar Logo

अनिल र आशिफको अर्धशतकमा नेदरल्याण्ड्समाथि नेपालको सानदार जित

काठमाडौं । आइसिसी क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सविरूद्ध सानदार जित निकालेको छ।अनिल शाह र आशिफ शेखको अर्धशतक प्रहार गर्दा जित भएको हो ।

आइसिसी लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा १३८ रनको झिनो लक्ष्य नेपालले १५।२ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको हो।

दुई खेलाडीले अर्धशतक प्रहार गरेको खेलमा नेपाल ९ विकेटले विजयी भएको हो।

ओपनर कुशल भुर्तेलको विकेटपछि मैदान आएका अनिल शाहले १२।३ ओभरमा आर्यन दत्तको बलिङमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्।

३६ बल खेलेका अनिलले ६ चौका र ४ छक्का प्रहार गर्दै नटआउट ५७ रन बनाए।

यसअघि क्यानडाविरूद्धको खेलमा शतक प्रहार गरेपछि अनिललाई लिग(२ अन्तर्गतको त्रिदेशीय सिरिज खेल्ने टिममा समावेश गरिएको थियो।

आशिफ शेखले १४।४ ओभरमा अर्धशतक पूरा गरेका हुन्। उनले ४५ बलमा ८ चौका र १ छक्का प्रहार गरी नटआउट ५४ रन बनाए।

ओपनर कुशल भूर्तेल ११ बल खेल्दै २८ रन प्रहार गरेर आउट भएका थिए।

तेस्रो ओभरमा किंग्माको बलमा बास दे लिडबाट क्याच आउट हुनुअघि उनले २ चौका र ३ छक्का प्रहार गरेका थिए।

यसअघि नेपालको उत्कृष्ट बलिङमा नेदरल्याण्ड्स १३७ रनमा अल आउट भएको थियो।

आइसिसी लिग(२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ३९ ओभरमा अल आउट गरेको हो।

नेदरल्याण्ड्सलाई सस्तोमा अल आउट गर्न कुशल भूर्तेलले सर्वाधिक ४ विकेट लिए। उनले ७ ओभर बलिङ गर्दा २० रनमात्रै खर्चिए।

नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवार्डले सर्वाधिक ३३ रन बनाए। ४९ बल खेलेका उनलाई कुशल भूर्तेलले ३४।२ ओभरमा आउट गरेका हुन्।

सिब्रान्ड एंगलब्रेथले ३५ बलमा ३ चौका हानेर २३ रन बनाए।

बास दे लिडले २७ रन, नोआ क्रोएसले १२ र म्याक्स ओ डडले १० रन बनाए। कायल क्लेनले नटआउट ११ रन बनाए।

खेलमा ललित राजवंशीले २ तथा रोहित पौडेल र सोमपाल कामीले एकरएक विकेट लिए।