१०० भन्दा बढी विद्यार्थीलाई परीक्षाबाट वञ्चित गरेको भन्दै अनेरास्ववियूको आपत्ति
काठमाडौं । मोरङको सरस्वती माद्यमिक विद्यालयले आइतबार १ सयभन्दा बढी विद्यार्थीलाई परीक्षा दिनबाट वञ्चित गरिएको भन्दै एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘मोरङ जिल्लाको विराटनगर महानगरपालिका ९ स्थित सरस्वती माद्यमिक विद्यालयले आइतबार मात्रै परीक्षा शुल्क लगायतको विभिन्न बहानामा १ सयभन्दा बढी विद्यार्थीलाई परीक्षा दिनबाट वञ्चित गरेको विषयले अनेरास्ववियूको गम्भीरु ध्यानाकर्षण भएको छ,’ अध्यक्ष आरती लामाले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई परीक्षा शुल्कबापत उठाउने रकम नतिरेको भन्दै विद्यार्थीहरूलाई परीक्षा हलबाट निकालेको भन्दै यो विषय गम्भीर र आपत्तिजनक रहेको अनेरास्ववियूले जनाएको छ । यसले कक्षा १ देखि १२ सम्म निःशुल्क शिक्षा पाउने संवैधानिक व्यवस्थामाथि प्रहार भएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्: