Bagmati Samachar Logo

एमालेले टुंग्यायो राष्ट्रियसभामा उठाउने १९ जना उम्मेदवारको नाम (सूचीसहित )

काठमाडौं । नेकपा एमालेले ११ माघमा राष्ट्रियसभा चुनावका लागि १९ जना उम्मेदवारको नाम टुंगो लगाएको छ । ११ माघमा हुने चुनावका लागि २३ माघमा उम्मेदवारी दर्ता हुँदै छ ।

राष्ट्रियसभामा आगामी फागुनमा रिक्त हुने २० सिटमध्ये १९ सिटका लागि चुनाव हुन लागेको हो ।

एमालेले आइतबार उम्मेदवारको नाम टुंगो लगाएको छ। एमालेले कोशीमा महिलाबाट सुनसरीकी रुक्मिणी कोइराला र अन्यबाट भोजपुरका पर्शुराम अधिकारीलाई उम्मेदवार बनाएको छ । यस्तै, मधेश प्रदेशमा महिलातर्फ पर्साकी उषादेवी थरुनी र अन्यबाट महोत्तरीका अर्जुनकुमार सिंहलाई एमालेले उम्मेदवार बनाएको छ ।

यसैगरी, बागमतीबाट महिलातर्फ दोलखाकी रोचकुमारी चौलागाईं, अन्यबाट चितवनका त्रिलोचन निर्मल पौडेल, अल्पसंख्यकरअपाङ्गता भएकाबाट काठमाडौंका विवेक देवकोटा र दलिततर्फ धादिङका ध्रुवराज विश्वकर्मा उम्मेदवार बनेका छन् ।