Bagmati Samachar Logo

दैलेखि सेवा समाजले विभिन्न व्यक्तिलाई सम्मान गदै २८औं स्थापना दिवस मनायो

काठमाडाैं ।  दैलेखबाट आएर काठमाडौंमा कार्यथलो बनाएर बसेकाहरुले आज भन्दा २८ वर्ष पहिला दैलेखि सेवा समाज स्थापना गरेका थिए । स्थापना भएपछि समाजले विभिन्न समाजसेवी कामहरु गदै आएको थियो ।

समाजले पछिल्लो समयमा आफ्नो कामको दायरा फराकीलो बनाएको थियो । विभिन्न कामहरु गदै आएको सेवा समाजले पहिलो पटक आफ्नो स्थापना दिवस मनाएको दैलेखि सेवा समाजका अध्यक्ष प्रताव शाहीले बताए । उनले भने, ‘स्वास्थ्य क्षेत्रमा स्वास्थ्य शिविर चलाउदै आएको छ । कोरोनाको समयमा कर्णालीका डोल्पा, मुगु,लगायतका अधिकासं जिल्लामा औषधि लगायतका सामग्री पठाएको छ । मुटुको शिविर चलाएका छौ । दैलेखमा दुई वटा ठूला शिविर संचालन गरेको छ ।’

सेवा समाजले हरेक वर्ष क्यालेण्डर प्रकाशन गरेर दैलेखका ११ वटा पालिकामा वितरण गर्ने गरेको छ । हरेक चाडबाडमा समाजले मनाउने गरेको । तिहारमा देउसी भैलो खेलेर आर्थिक संकल गरेर विमारीहरुलाई नगद समेत दिएको शाही बताउछन् ।

जिल्लाबाट राजधानी आएपछि जिल्लाको लागि, कर्णाली प्रदेशको लागि केहि गर्नु पर्छ भन्ने भावना सबैमा हुदा पछिल्लो समयमा दैलेख र कर्णालीका जनताको दुख सुखमा सहयोग गदै आएको शाहीले बताए । समाजले सहयोगमात्र होइन दैलेख जिल्लाका र कर्णालीका विभिन्न क्षेत्रमा राम्रो काम गर्नेहरुलाई सम्मान पनि गरेको छ । २८औं स्थापना दिवसको अवसरमा समाजले विभिन्न क्षेत्रमा सेवा गरिरहेका ,राम्रो काम गरेका व्यक्तिहरुलाई सम्मान गरेको शाहीले बताए ।

स्थापना दिवसको अवसरमा सम्मानीत हुनेमा सम्मानित ब्यक्तित्व  शशि बहादुर शाह र रुपा रेग्मी जेष्ठ नागरिक रहेका छन् । अन्य सम्मानीत हुनेमा अमृत बहादुर थापा ,टेकबहादुर राना ,जनार्दन ज्ञवाली ,डा .रबिन खड्का, टिकाराम तिमिल्सिना , रोशनी श्रेष्ठ , सन्तबहादुर सुनार, डिल्ली प्रसाद पान्डे, सुनिता बन दनुवार , चक्रबहादुर चन्द , प्रेमसागर कर्माचार्य , टेकराज पोखरेल , डा. अनिल भट्टराई , भरतबन्धु थापा, बिनोद अधिकारी , रत्नबहादुर थपा रहेका छन् ।

समाजले स्थापना दिवसको दिनमा रक्तदान कार्यक्रम पनि गरेको थियो । उक्त कार्यक्रममा आएर कलाकारहरुले रक्तदान गरेका थिए ।

समाजले आर्थिक अवस्था कमजोर भएर उपचार गर्न अप्ठेरो भएकाहरुलाई नगद सहयोग पनि गर्ने गरेको शाही बताउछन् । उनले भने,१५ जनालाई तीन लाख रु आर्थिक सहयोग दैलेखि सेवा समाजले दिएको छ । भूकम्पमा जाजरकोटको नलगाढमा पुगेर राहत सामग्री वितरण गरेका छौ । भूकम्पमा राहत नपुगको ठाउँ भनेर नलगाढ नगरपालिकाको १०,१२ र १३ नं वडाका जनप्रतिनिधिलाई हस्तान्तरण गर्यौं ।’

राहतमा ६६ वटा न्यानो सिरक, हटप्याक तीन सय ,ठूलो त्रिपाल ११० वटा बल्याङकेट, दुई रोल म्याटेस भूकम्प प्रभावितहरुलाई समाजले वितरण गरेर आएको शाहीले बताए ।

उक्त अभियानलाई सहयोग गरेको थियो । नेपाल मेडिकल काउन्सीलले औषधि सेनिटरी प्याड सहयोग गरेको उनले बताए । दैलेखि सेवा समाजले मात्र ६ लाख ६८ हजार बराबरको राहत सामग्री सहयोग गरेको । अरु संघ संस्थाहरुले पनि सहयोग गरेको थियो ।