प्रधानमन्त्रीद्धारा हेटौंडामा मानव सेवा आश्रमको भवन उद्घाटन
हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्धारा हेटौंडास्थित मानव सेवा आश्रमको केन्द्रीय कार्यलय भवन उद्घाटन गरेका छन् ।
‘प्रचण्ड’ले शनिबार बिहान आश्रमको हेटौंडा ९ लामसुरेधापस्थित केन्द्रीय कार्यलयको भवन उद्घाटन गरेका हुन् ।
१२ करोड रुपैयाँ लागतमा आश्रमको भवन निर्माण भएको बताइएको छ । केही महिनाअघि मानवसेवा आश्रमले मेची महाकाली अभियान सञ्चालन गरी ३ सय २ जना सडक मानवको उद्दार गरेको थियो ।
२०६९ भदौ १३ मा स्थापना भएको मानवसेवा आश्रम हेटौंडामा २५ जना बालबालिका, ९५ जना महिला र एक सय जना पुरुष गरी २२० जना आश्रित रहेका छन् ।
मानवसेवा आश्रमका नेपालमा अन्य २४ वटा शाखा कार्यालयहरुमा एक हजार ७ सय जना आश्रित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्: