Bagmati Samachar Logo

हेटौंडाको बसपार्कमा घरेलु उत्पादन प्रर्दशनी तथा नृत्य प्रतियोगिता हुने

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० मा पुस २ र ३ गते घरेलु उत्पादन प्रर्दशनी र नृत्य प्रतियोगिता हुने भएको छ ।

१० नं. वडाको आयोजनामा हेटौंडाको बसपार्कमा घरेलु उत्पादन प्रर्दशनी तथा नृत्य प्रतियोगिता हुने वडा कार्यलयले जानकारी दिएको छ ।

आज वडा अध्यक्ष फुर्वा दोर्जे लामा र वडा सदस्यहरु सहितले पत्रकार सम्मेलन गर्दै कार्यक्रम गर्न लागेको बताएका हुन । हेटौंडाका १९ वटै वडामा रहेका घरेलु उत्पादनलाई प्रर्दशनीमा राखिने छ । त्यही प्रर्दशनीमा नृत्य प्रतियोगिता समेत गरिने अध्यक्ष लामाले बताए।

यस प्रर्दशनीमा ३० वटा स्टलहरु राखिने भएको छ । स्टलहरु निशुल्क रुपमा उपलब्ध गराइने आयोजकले जनाएको छ । त्यसैगरी नृत्य प्रतियोगिता गरिने भएको छ । यो प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार, द्धितीय हुने टिमले ३५ हजार र तृतीय हुनेले २० हजार रुपैयाँ प्राप्त गर्ने उनले बताए ।

पत्रकार सम्मेलनमा वडा सदस्य साधना श्रेष्ठ, इश्वर प्रसाद मैनाली लगायतकाको आतिथ्यता रहेको थियो ।