जाजरकोट भूकम्पमा नलगाड नगरपालिका उपप्रमुख सिंहको मृत्यु
काठमाडौं । जाजरकोट केन्द्रविन्दु भई आएको भूकम्पमा परी नलगाड नगरपालिका उपमेयर सरिता सिंहको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले उपप्रमुख सिंहको मृत्यु भएको पुष्टि गरेको छ ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार ९२ को मृत्यु , ५५ जना घाईते भएका छन् । मध्यराती भूकम्प आएका कारण विवरण संकलनमा भने समस्या भइरहेको छ ।
भुकम्पबाट के कति भयो भन्ने प्रारम्भिक विवरणहरु संकलन कार्य भईरहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । ‘हामी क्षतीको बारेमा बुझ्दैछौं । रातीको समय भएकोले पनि विवरण बुझ्न कठिन भईरहेको छ, सदरमुकामबाहेकका अन्य क्षेत्रमा टेलिफोन सम्पर्क समेत हुन सकेको छैन ’ प्रजिअ सुनारले भने ।
प्रतिक्रिया दिनुहोस्: