Swornakshar Logo

काभा पुरुष भलिबलः अफगानिस्तानमाथि नेपालको जित

काठमाडौं । श्रीलंकामा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले अफगानिस्तानमाथि रोमाञ्चक जित हात पारेको छ ।

बुधबार कोलम्बोस्थित सुगाथादास रंगशालामा भएको खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा पराजित गरेको हो । नेपालले अफगानिस्तानसँगको पहिलो सेट २५–१९ ले जितेको थियो ।

दोस्रो सेट १९–२५ र तेस्रो सेट २२–२५ ले नेपालले गुमायो । तर, नेपालले चौथो सेट २५–२१ र पाँचौँ तथा निर्णायक सेट १५–१० ले आफ्नो पक्षमा पारेको हो ।

नेपालले तेस्रो खेलमा दोस्रो जित हात पारेको हो । नेपालले पहिलो खेलमा बंगलादेशलाई ३–१ को सेटमा पराजित गरेको थियो । दोस्रो खेलमा भने नेपाल आयोजक श्रीलंकासँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

जारी प्रतियोगितामा अफगानिस्तानको यो पहिलो हार हो । अफगानिस्तानले यसअघि पहिलो खेलमा उज्वेकिस्तानलाई ३–२ र दोस्रो खेलमा बंगलादेशलाई ३० को सोझो सेटमा पराजित गरेको थियो ।

नेपालले अब शुक्रबार साउदी अरबसँग खेल्नेछ । २८ असोजसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित अफगानिस्तान, बंगलादेश, श्रीलंका, साउदी अरब र उज्वेकिस्तान सहभागी छ्न् ।