Bagmati Samachar Logo

डा.शंकर उपाध्यायको संघर्ष : मुखियादेखि मकवानपुर क्याम्पस प्रमुखसम्म

हेटौंडा । सफल हुनु छ भने मेहनत गर्नु पर्छ । क्षमता विकास गर्नु पर्छ । क्षमता भएपछि अवसर ढोकामै आइपुग्छ । हो, क्षमतावान व्यक्तिलाई खोज्दै अवसर आउछ । अवसरलाई सफलतामा पुगाउनु पर्छ , त्यहि मानिस सफल हुन्छ भन्ने सोच राख्छन् शंकरप्रसाद उपाध्याय ।

अवसर खोज्दै होइन मेहनतले क्षमता बनाएका र अहिले त्यहि क्षमताको आधारमा मकवानपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भएका छन् हेटौंडाका शंकरप्रसाद उपाध्याय ।

उनी प्राध्यापन गराएर क्याम्पस प्रमुख भएका भने होइन् । उनले जिवनको उर्जामान समय सरकारी जागीरमा समपर्ण गरे । जहाँ हरेक दिन जनतासँग जोडिए । उनका सुख दुखका साथि बने । कसैको हुनेकाममा बाधा अड्चन गरेनन् । नहुनेकाम यसकारणले हुदैन , कागजपत्र पुगाएर आउनु भन्दै बाटो देखाइ दिए । त्यहि ज्ञान क्षमता अहिले विद्यार्थी र प्राध्यापकसँग बाँडि रहेका छन् ।

अहिले दैनिकी प्राध्यापक र विद्यार्थीसँग आफ्ना ज्ञान क्षमता मात्र बाँडि रहेको छैन , उनीहरुबाट पनि सिकिरहेको उपाध्याय बताउनु हुन्छ । ‘दैनिक प्राध्यापक र विद्यार्थीसँग छलफल गर्छु । कसरी पढाईलाई राम्रो बनाउने कसरी अनुशासन कायम गर्ने । कसरी क्याम्पसलाई अब्बल बनाउने भन्ने विषयमा गहिरो अध्ययन चिन्तन गुर्छ । आफू पढ्दा धेरै क्याम्पस आइन । न धेरै विद्यार्थी साथिहरुसँग घुलमिल भए न प्राध्यापकसँग । तर अहिले अढाइ वर्षदेखि निरन्तर विद्यार्थी र प्राध्यापकसँग छु । उनलाई मैले जानेको सिकाउछु । उनीहरुबाट पनि सिक्छु ।’
क्याम्पस प्रमुख

२५ वर्ष निरन्तर स्थानीय तकमा काम गरे । त्यहाँबाट राजीनामा दिएर क्याम्पस प्रमुख भएका छन् । जुन उनको लागि भिन्न अनुभव हो ।

उनी यसरी सुनाउछन् क्याम्पस प्रमखु हुनुको कथा, ‘२०४९ सालमा मास्र्टस डिग्री सकेको थिए । त्यसको धेरै वर्षपछि पिएचडि गर्न हिडे । घरपरिवारसँग छलफल त गरे । तर पढ्ने कुरामा म आफ्नै सुरुको हुँ । पाँच वर्षमा पिएचडि सके । त्यसको नेपालमा इक्कुभ्यालेन्ट गराए ।

नगरपालिकामा जागिर खान मन लागेन २०७४ सालमा भदौमा राजीनामा दिएर हिडे । कार्तिकमा क्याम्पस प्रमुख हुन बोलाउनु भयो । अहिले ६५ सय विद्यार्थीहरु र ८५ जना प्राध्यापकसँग दैनिक जोडिएको छु । यो पनि फरक अनुभव, ज्ञान र शिकाइ हो ।’

क्याम्पस भनेको राजनीतिज्ञ उत्पादन गर्ने थलो पनि हो । यहि क्याम्पसबाट पढेका सांसद भएका छन् । नेतृत्व विकास गर्ने ठाउँ क्याम्पस हो । शैक्षिक विकास गर्ने ठाउँ पनि यहि हो । सबैको सन्तुलन कायम गर्ने ठाउँ क्याम्पस भएको उनी बताउछन् । ‘क्याम्पसमा पढ्न आएको विद्यार्थी पढ्नमात्र आउदैनन । संगठन बनाउन पनि आएका हुन्छन् । त्यहि संगठनका मानिस व्यवस्थापन समितिमा पनि हुन्छन् । अनि जसका संगठनका विद्यार्थी हुन तीनै व्यवस्थापन समितिका सदस्यहरुसँग भेट गराइ दिन्छु । यो काम भनेको व्यवस्थापनको काम हो । सबै किसमका मानिसहरुको संगम हो । मिलाउन जाने सहज छ । नजाने महाभारतको काम हो व्यवस्थापन ।’

मलाई राम्रो लागुन्जेल बस्छु । असहज हुदाका दिन अर्को ठाउँ जान्छु । क्षमता भएपछि कामको कमि नहुने उनको बुझाई छ ।

पढाई र जागिरसँगसंगै

उहाँले आफू क्याम्पस पढ्दा कहिल्यै निमयमित पढ्न पाउनु भएन । ब्याचलरसम्म प्राइभेट पढ्नु भयो । विद्यार्थी जिवनमा मेहन गरे सरकारी जागिर र पढाई पुरा गुर्न भयो । उहाँ अहिले ती दिन सम्झन्नु हुन्छ, ‘एसएलसी २०४२ सालमा पास गरे । दाई विरगन्जमा जागरि गर्नु हुन्थ्यो हेटौंडामा साइन्स पढाई हुदैन थियो । त्यहि भएर ठाकुरराम क्याम्पस विरगन्ज आइएस्सीमा भर्ना भए । पैसाको समस्या भन्दा पनि व्यवस्थापनको समस्या भयो । २०४१ सालमाा ठाकुरराम क्याम्पस तीन महिना पढेर छोडे । संसारमा धन भएका मानिस खुशि हुन सक्दैनन भन्ने कुरा विरगन्जमा नै थाह पाएँ । मलाई पैसाको कमि थिएन । तर मनमा शान्ति भएन । पढाइ छोडेर झोला बोकेर हेटौंडा नै फर्के ।’

जुन कुरा मानिससँग छ त्यसको उपयोग सहि तरिकाले हुन सकेन भने मानिसको मनमा अशान्ति नै हुदो रहेछ विरगन्ज बसाइको गाँठो फुकाए ।

२१ वर्षका थिए विरगन्जको विज्ञान क्याम्पस छोडेर हेटौंडा आउदा । आत्मनिर्भर बन्ने जसको बदलामा एक वर्ष पढाई छोड्नु परेपनि छोड्ने मानसिकता बनाउनु भयो । नभन्दै एक वर्ष पढाइ ढिला भयो । उहाँ पढाई छोडेर आत्मनिर्भर हुने बाटो तर्फ लाग्नु भयो । तुलसि मेयर बोर्डिङमा तीन महिना पढाउनु भयो । २५० तलब थियो । त्यहाँ पनि चित्त बुझेन ।

तीन महिना पछि जिल्ला अदालत हेटौंडामा लेखनदासको काम सुरु गर्नु भयो । नयाँ कामले आत्मनिर्भरको बाटो अलि उज्यालियो । बोर्डिङको जागरि भन्दा लेखनदासको कमाइले अलि बढी सहज भयो । भन्नु हुन्छ ,‘मकवानपुर बहुमुखि क्याम्पसमा आइकम भर्ना भए । उता दिनभरी लेखन दास गरे । दिनभरी ५० रुपैयाँ कमाउन थाले । एक निवेदन लेखेको रुपैयाँ १० दिन्थे । लेख्ने व्यहोरा जानेको थिए ।’

एक ठाउँमा अडिने बानी थिएन । त्यहि समयमा लोकसेवा पढ्न सुरु गर्नु भयो । उमेरले २१ वर्षका भएपनि इखालु,साहसी, सिक्ने रहर र नयाँ काम प्रतिको जिज्ञासु स्वभावले नभन्दै लोकसेवा पहिलो पटक नै पास गर्नु भयो ।

लोकसेवाको परिक्षा शिक्षा कार्यलयमा मुखियाको दिनु भयो । पास हुनु भयो । हेटौंडाको शिक्षा कार्यलयमा मुखियाको जागिर सुरु भयो । हेटौंडामा राजा आउदा उनको स्वागतको लागि तुलमा ब्यानर पनि लेखेको सम्झना ताजै छ ।

उनी हेटौंडाका स्थायी बासिन्दा थिएनन् । पूर्वको पहाडि जिल्ला ओखलढुङ्गामा उनको थातथलो हो । त्यहि जन्मनु भयो । नियतिले भनु बाध्यताले त्यो थातथलो छोड्नु पर्यो ।

२०२१ सालमा जन्मेका उनले २०३३ सालमा थातथलो छोडेर औलोको जोखिम भएको हेटौंडाको यात्रामा निस्के । ओखलढुङगाको लिखुखोलाको रजनी गाविसका उपाध्यायको १५ वर्षे लर्के उमेरमा पनि विद्यालयसँग कुनै साइनो थिएन । भनौ उनले विद्यालयको ढोका देखेका थिएनन् ।
बुबा सानैमा बित्नु भयो । आमाले हुर्कायो । घरमा बुबामात्र होइन छोटो समयमा धेरै जना परिवार गुमाउनु पर्यो । घरमा खेतिपाती लगाउने मानिससम्म भएनन् । त्यसपछि विस्तारै अवस्था सहज त भयो तर दाईहरु पढाइ र जागिरको सिलसिलामा बाहिर हुनु भयो । ती दिन सम्झन्छन्,‘अप्ठेरा दिन पनि आए । ती दिनसँग संघर्ष गर्यौ । समयले हेटौंडा आउनु पर्यो । १५ वर्षको थिए । स्कुल टेकेको थिइन् । यहाँ आएर दुई वर्ष औलोको डरले यत्तिकै बिते । २०३५ सालमा स्कुल भर्ना भए । हेटाटैंडाको कर्रामा स्कुल भर्ना भए । स्कुल एकै पटक कक्षा ४ मा भर्ना भए ।’

उहाँ त्यहाँ एक वर्ष पढ्नु भयो । छ कक्षामा हेटौंडा स्कुलमा भर्ना हुनु भयो । यहाँ भर्ना हुन आउदा १६ वर्षको उमेर । ५ कक्षामा कसरी भर्ना गर्नु भनेर भर्ना गर्न शिक्षकले मान्नु भएन । उहाँ आफैले सरलाई कन्भिन्स गर्नु भयो । कक्षा ५ मा भर्ना हुदाको दिन यसरी सम्झनु हुन्छ, ‘मैले स्कुल भर्ना गरिदिनु होस् प्रथम हुने म नै हो भनेपछि भर्ना गरिदिनु भयो । म प्रथम नै भए । त्यसपछि पढाइमा फर्केर हेर्नु परेन । मेहनत धेरै गरे ।’

१५ वर्षको उमेर स्कुल भर्ना हुदा पनि उचाइको कारण कसैले यति उमेर भयो होला भनेर विश्वास नगर्दा पनि उहाँलाई फाइदा नै भएको बताउनु हुन्छ । ‘उमेरले १५ वर्षको भएपनि होचो भएर खासै कसैले केहि भन्ने भएनन् । त्यसले मलाई फाइदा नै गर्यो,’उहाँले भन्नु भयो ,‘उचाइले सानो थिए । त्यो समयमा मलाई पढाउने निरा मेडम र अन्य सरहरु अहिले पनि तिमि भनेर बोल्नु हुन्छ । सारै सानो लाग्थे त्यो समयमा ।’

ओखलढुङ्गाबाट उहाँको आमा पनि हेटौंडा आउनु भयो । आमा छोरा घरपरिवा भयर सँगै बस्न थाल्न भयो ।

यता सहलेखापालमा पनि लोकसेवाको परिक्षा दिनु भयो । पास हुनु भयो । सहलेखापालको जागिर खान रौतहट जानु पर्ने भयो । काम गर्न रौतहट पुगेपछि त्यहाँका मानिस कति घुस खुवाएर आइस भनेर सोध्ने गरेको सम्झनु हुन्छ उहाँ । म पहिलो नम्बरमा नाम निकाले गएको थिए । तर त्यहाँ मानिसले घुस खुवाएर आएको होस भन्दै सोधेर हैरान बनाउने गरेको सम्झना अझै छ उनको मनमा ।

जागीर खान थालेको छ महिना भएको थियो । बिस्तारै काम सिके । भाडो बन्नु भन्दा पहिलाको काचो माटो र उनको अवस्था एउटै थियो सरकारी जागिरमा । पद थियो सहलेखापाल ।
ती दिन सम्झन्छन्,‘काचो माटो जस्तो थिए । केहि थाह थिएन । विस्तारै काम सिके । रौतहटको बाढी देखे । त्यहाँको भाषा सिके । हेटौंडा आएर परिक्षा दिएर आइकम पनि पास गरे ।’
२० महिना रौतहटब बसेपछि २०४४ सालमा कोष तथा लेखा शाखामा सरुवा मागेर हेटौंडा उनी हेटौंडा आए ।

हेटौंडामा कोष तथा लेखा कार्यलयमा काम गरे । आइकम राम्रो नम्बर ल्याएर पास भए । म स्टेस लिएर पढ्दैन । आनन्दले पढ्ने हो । तनाव लिएरपढ्नु हुन्न ।

पढ्नकाे लागि काठमाडौं सरुवा

दुई वर्ष त्यहि बसेर काम गरे । त्यहाँँ बसेर बिकम पनि पास गरे । उनले काम राम्रै गर्थे । बिकम पास गरेपछि एम कम पढ्न काठमाडौं जानु पथ्र्यो । उनले सोभ फेरि काठमाडौं सरुवा माग्ने र उते पढ्ने । सरुवा मागे काठमाडौं । काठमाडौंमा त्रिपुरेश्वरको उद्योग विभागमा सहलेखापालको जागिर गरे ।

‘पैसालाई बढी महत्व दिएमा मानिस अलमलिन्छ । अर्को गोल बिर्सन्छ । म पैसामा अलमलिन चाहिन । पढाई पहिलो प्राथमिकतमा थियो ।’ उनले भने, ‘म पढ्न भनेर नै काठमाडौं सरुवा मागेर गएको थिए । पढार्ईमा ध्यान बढी दिए । दैनिक चल्नु पर्छ भन्ने थियो । सहलेखापालको जागिरले मेरो जिवन चल्यो ।’

सहलेखापालको जागिर जारी राखे । तर ध्यान एमबिएको पढाई र बिएलको पढाईमा दिए । काठमाडौं बसाइका दिन सम्झन्छन् उनी,‘लोकसेवामा ध्यान दिइन् । एमविए गर्नु थियो । सहलेखापालको जागिर छदै थिायो । एमविए मिनभवन क्याम्समा भर्ना भए । त्यहि समयमा नेपाल ल क्याम्पसबाट प्राइभेट बिएल भर्ना गरे । दुबैको पढाई एकै पटक पास गरे । एमबीय र बिएल एकै पटक पास गरे ।’

एमविएमा राम्रै नम्बर आयो । एमबीएमा नेपामा सेकेन्ड टपर भए । पैसाको पछि भन्दा पनि पढाईमा ध्यान दिदा सफल भएको उनको भनाई छ ।

देशमा प्रजातन्त्र आउनु र उनको एमबीएको ब्याच २०४७ साल हो । ८ वर्ष सहलेखापालको जागिर खाएको भएको थियो । अब उनको काठमाडौंको काम पुरा भइसकेको थियो । पढाई पुरा भयो । उनी काठमाडौं शहर भएर, राजधानी भएर होइन पढ्न आएका थिए । मिसन पुरा भयो ।

घरेलु कार्यलय चितवनमा सरुवा मागे । त्यहाँ पनि सहलेखापाल नै थिए । एक दिन हेटौंडामा आएका थिए । हेटौंडा बजारमा कुरा कुरैमा नगरपालिकामा लेखाअधिकृतको लागि लोकसेवा खुलेको थाह पाए । त्यसमा फारम भरे । २०५१ सालमा लेखाअधिकृतमा नाम निस्क्यो । त्यसपछि हेटौंडा नगरपालिकामा लेखाअधिकृत भएरु काम गरे । २०५१ देखि २०७६ सालसम्म नगरपालिको लेखाअधिकृतमा जागिर खाए । नगरपालिकामा आउनेहरु शंकरको टेबलबाट फाइल पास भएपछि ढुक्क भएर जान्थे । एकैठाउँमा पच्चिस वर्ष जागिर खाए राजीनामा दिएर अहिले क्याम्पस प्रमुख भएका छन् ।

उनी व्यक्ति भन्दा व्यक्तिको क्षमता अगाडि भयो भने स्थायीत्व हुने तर पद,पैसा अगाडि भए एक दिन गुमनाम भएर जाने धारणा राख्छन् ।

जागिर खाने र छोड्ने गर्नुपर्छ । कुनै पनि ठाउँमा टाँसी राख्नु हुन्न । जागिर पैसा पद पछाडि व्यक्तिको क्षमता अगाडि लाग्नु पर्छ । क्षमता छ भने कामको समस्या नहुने , क्षमता भएपछि फरक फरक काम गर्नु पर्ने उनी बताउछन् ।

नगरपालिकाको अनुभव

उनले निरन्तर काम गरेको स्थान हेटौंडा नगरपालिका हो । यो संस्थामा २५ वर्ष काम गरे । जनतासँग जोडिएका जनप्रतिनिधि मुलक संस्था हो । यो जनताको सरकार हो । यहाँ धेरै अनुभव हुन्छन् । जनता, व्यापारी, ठेकदार,नेताहरु र केहि कर्मचारीका बारेमा उनले पनि बुझ्न जान्ने मौका पाए । ती सम्झन्छन्, ‘कति धम्कि आए । कति तर्साउने आए । कतिले लोभ देखाए । कतिले धम्काए यो काम गरिनस भने जानेको छु भने । लोभ देखाउने र धम्कााउने त कति आए कति ।’

उनी थप्छन्, ‘शंकर त्यहि समयमा लोभिएको भए अहिलेको शंकर हुदैन थिएँ । जसले काज पत्र पुगाएर आए त्यसको काम कहिल्यै रोकेन । तर कागजपत्र नपुगाएका मानिसको काम कागजपत्र पुगाएपछि नरोकेर गरिदिए । तर कसैको लोभमा परिन , धम्काउदा डराइन । जुन मेरो सम्पति हो ।’
नेतृत्व विकास गर्न स्थानीय तहको जागिरले आफूलाई फाइदा नै भएको उनको बुझाइ छ ।
‘क्यापासिटी भनेको बाउन्ड्रिलेस हो । क्षमता हुने मानिसको सिमा हुदैन । सिमा हुने भनेको क्षमता नभएकाको हो । प्रशासनिक क्षेत्र भनेको धेरै कुरा सिक्ने बुझ्ने ठाउँ हो । जसमा सिमा हुदैन,’उनले भने ।

नेपालकोा पहिलो मानिस लोकल गर्भमेन्टमा नेपालमा पहिलो पिएचडि गर्ने मानिस हो ।
नगरपालिकामा लेखाअधिकृत हुदाका उनका अनुभव विभिन्न किसमका छन् । उनी नगरपालिकामा दोस्रो स्थायी कर्मचारी रहेछन् । ‘नगरपालिकामा काम गर्न थाले । स्थायी कर्मचार म दोस्रो रहेछु,’ उनी सम्झन्छन् ।

‘एकैठाउँमा पच्चिस वर्ष जागिर खाए । राजनीति, समाजिक मानिससँग चिन जान हुने नै भयो । काम गर्दा सहजता र अप्ठेरा धेरै आए । यो अवधिमा संघर्षपूर्ण काम गरे । त्यो समयमा जनप्रतिनिधि थिएनन् । १५ वर्ष प्रशासन र लेखा हेरे,’ उनले भने, ‘हेटौंडा बुझँे । यहाँका मानिस बुझेँ । संघर्षको सिकाइ अहिलेपनि काम लागि रहेको छ । कोसँग कसरी डिल गर्ने, कस्तो व्यवहार गर्ने सबै जाने बुँझे । जुन जीवनभरी काम लाग्ने छ ।’

स्थानीय तह जनप्रतिनिधि विहिन हुदा सर्वदलीय बैठक बस्थे । त्यसको नेतृत्व गर्ने अवसर उनले नै पाए । प्रतिनिधि बिहिन स्थानीय तहमा राजनीतिक दलका प्रतिनिधिसँग उनले १५ वर्ष काम गर्ने अवसर र अनुभव बटुले । ती दिनको सम्झना उनको मानसपटलमा ताजै छन् ।

उनी भन्छन्, ‘पार्टीको मात्र होइन जनताको पक्षमा काम गरे । सयौ ठूला प्रलोभनका अवसर आए । ती सबैलाई लत्याए । अहिलेसम्म कसैले प्रश्न गर्ने ठाउँ दिएन । पैसाबाट तह लगाउछु भन्ने कसैले पनि सकेन । लेखाको मानिस थिए । घुस नखाएपनि खायो भन्ने आरोप लाग्ने ठाउँ हो । तर मलाई डेभलभमेन्ट कर्मचारी भन्थे । अहिलेपनि भन्छन् । यहि मैले कमाएको नाम मेरो पुँजी हो ।’
उनमा जागीरमात्र इमानदारीसाथ गर्नु पर्छ भन्ने चेतना सुरुबाट थियो । जुन नौगरी गर्दासम्म यथावत राखे । उनका त्यो भन्दा बढी थियो पढाईको नसा । उनले हेटौंडा नगरपालिकामा नौकरी गर्दागदै पिएचडि पढ्ने सोच बनाए ।

२०६८ सालमा पिएचडि गर्न भारतको राजस्थान गए । हेटौंडा नगरपालिकामा तलबी विदा मागे तर पाएनन् । अरु ठाउँमा आफ्ना कर्मचारीलाई पैसा दिएर पढाउछन् । उनले तलबी बिदा माग्दा पनि नपाएपनि कुनै गुनासो नगरहेको बताए । ‘मैले मेरै पैसाले पिएडी गरे । सामान्य मानिसलाई सामान्य खर्चले बस्न र पढ्न सकिन्छ,’ उनले भने, ‘यहि समाजको मानिस हुँ । केहि कुरा समाजबाट बोकेको हुन्छु नै । नेपाल सरकारबाट अनुमति लिएर पिएचडि गरे । भारतको मेवाड विश्वविद्यालयबाट लोकल गर्भमेन्टमा पिएचडि गरे । जे मैले स्थानीय तहमा बसेर सिके त्यो मैले पिएचडीमा कन्र्भट गरे । लोक गर्भमेन्टमा पिएचडि गर्ने पहिलो व्यक्ति हुँ ।’

अरुले अलि बढी कडा छ भन्छन् । तर आफूलाई कसले के भन्यो भन्दा पनि मैले गर्नु पर्ने काम इमानदारी साथ गर्नु पर्छ । त्यो पनि हरेक काम फरक फरक मोडलमा गर्नु पर्छ भन्ने सोच आफूमा भएको बताउछन् ।