Bagmati Samachar Logo

विवादास्पद अभिव्यक्ति दिएको आरोपमा आचार्य श्रीनिवास पक्राउ

काठमाडौं । विवादस्पद अभिव्यक्ति दिने धर्मगुरू भनिने आचार्य श्रीनिवासलाई प्रहरीले सुनसरीबाट पक्राउ गरेको छ।

सुनसरी प्रहरीको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मंगलबार साँझ श्रीनिवासलाई सुनसरीको बराहक्षेत्रबाट पक्राउ गरेको हो।

श्रीनिवासले केही दिनअगाडि जनकपुरमा हातमा नांगो खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउनुको साथै हिंसा भड्काउने अभिव्यक्ति दिएका थिए।

हिन्दुको विरोध गर्ने र गौहत्या गर्नेलाई खुकुरीले काट्न उक्साउँदै उनले त्यस्तो अभिव्यक्ति दिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।

श्रीनिवासको सोही अभिव्यक्तिलाई लिएर प्रहरीले सोधपुछ गर्नुपर्ने भन्दै उनलाई नियन्त्रणमा लिएको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए।

ुकेही कुरा बुझ्नुपर्ने भएकाले जिल्ला प्रहरी कार्यालय सुनसरीमा उपस्थितिका लागि बोलाइएको हो,ु उनले भने। श्रीनिवास आचार्यले २०७४ चैतमा पनि आफैंमाथि गोली हान्न लगाएर धार्मिक हिंसा भड्काउने प्रयास गरेका थिए।