Bagmati Samachar Logo

बझाङमा मंगलबार आएको भूकम्पमा परि ११ जना घाइते , केहि घरहरु भत्के

काठमाडौं । सुदुरपश्चिम प्रदेशको बझाङ जिल्लाको दुई स्थानमा लगातार दुई शक्तिशाली भूकम्पका झट्का महसुस गरिएको छ । पहिलो भूकम्पको तालकोट गाउँपालिकाआसपास केन्द्रबिन्दु बनाएर गएको थियो । दोस्रो चैनपुर आसपास केन्द्रबिन्दु बनाएर गएको हो ।

भूकम्प परी ११ जना घाइते भएका छन् । जिल्ला अस्पताल बझाङका डा.इन्द्र शाहका अनुसार हालसम्म ११ जना घाइते भएर अस्पताल आएका छन् ।

घाइते भएर अस्पताल आएका जयपृथ्वी नगरपालिका ११ की ७ वर्षीया सलिना जोशी सोही ठाउँकी ११ वर्षीया प्रमिला जोशीलाई उपचारपछि घर पठाइएको उनले जानकारी दिए ।

अहिले जिल्ला अस्पतालको इमर्जेन्सीमा ९ जनाको उपचार भइरहेको छ । खप्तडछान्ना ७ की १८ वर्षीया सुनिता रोकाया, जयपृथ्वी ३ की वर्षीया नितिक बोहारा, जयपृथ्वी ७ की १६ वर्षीय यलिसा बम भूकम्पमा परी घाइते भएका छन् ।

त्यस्तै मष्टा ३ की १५ वर्षीया आँसु सार्की, मष्टा १ की १३ वर्षीया सविता रोकाया, मष्टा १ की ३६ वर्षीया शान्ती देवी थापा, दुर्गाथली ६ का २३ वर्षीय अम्मर जाग्री, तालकोट ३ का १८ वर्षीय कमल कडाल, जयपृथ्वी १० की २० वर्षीय रमा परियार पनि भूकम्पमा परी घाइते भएका छन् ।

लगभग २५ मिनेटको फरकमा दुईवटा भूकम्प गएका हुन् । राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो ।

त्यसपछि ३ बजेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको महसुस सुदूपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशसमा समेत गरिएको छ ।

लगालग दुईवटा ठूला झट्का महसुस गरेपछि स्थानीयहरू घरबाहिर निस्किएका थिए । भूकम्पको धक्का महसुस भएसँगै विद्यालयको भवनबाट हाम फाल्दा अछाममा एक विद्यार्थी घाइते भएका हुन् ।

बझाङमा गएको भूकम्पमा परी दुई जना घाइते भएका छन् । मंगलबार दिउँसो गएको भूकम्पका परी छविसपाथिभेरा गाउँपालिका–१ को जालेबगरमा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० भरतबहादुर शाहले जानकारी दिए ।

स्थानीयले दुई जना घाइते भएको प्रहरीलाई जानकारी गराए पनि उनीहरूको परिचय र अवस्था भने नखुलेको प्रहरी नायब उपरीक्षक शाहले बताए । भूकम्पका कारण ठाउँ(ठाउँमा भवनहरू भत्किएको खबर आइरहे पनि विस्तृत विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा रहेको विन्ध्यवासिनी माद्यामिक बिद्यालयको विज्ञान भवनबाट अत्तालिएर हाम फाल्दा विद्यार्थी सन्तोष साउँद घाइते भएका हुन् । भवनबाट हाम फाल्दा घाइते भएका सन्तोषको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

तालकोट गाउँपालिका १ को कार्यालय भत्कियो

भूकम्पका कारण बझाङको तालकोट गाउँपालिकास्थित वडा नं। १ को कार्यालय भवनमा क्षति पुगेको छ ।

गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवर भण्डारीका अनुसार वडा कार्यालय भवनमा क्षति पुगेको हो । उनले सोही वडाका केही विद्यालय भवनहरू पनि चर्किएको जानकारी दिइन् ।

भूकम्पपछिको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सुदूरपश्चिम प्रहरी प्रवक्ता एसएसपी प्रज्ज्वल महर्जनले क्षतिको विवरण संकलनको काम भइरहेको जानकारी दिए ।

बझाङमा गएको भूकम्पमा परी दुई जना घाइते भएका छन् । मंगलबार दिउँसो गएको भूकम्पका परी छविसपाथिभेरा गाउँपालिका–१ को जालेबगरमा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० भरतबहादुर शाहले जानकारी दिए ।

स्थानीयले दुई जना घाइते भएको प्रहरीलाई जानकारी गराए पनि उनीहरूको परिचय र अवस्था भने नखुलेको प्रहरी नायब उपरीक्षक शाहले बताए । भूकम्पका कारण ठाउँ(ठाउँमा भवनहरू भत्किएका छन् ।

तलकोट गाउँपालिका–१ को सुनिकोट माध्यमिक विद्यालय, जयपृथ्वी नगरपालिका(१० को सत्यवादी माध्यमिक विद्यालय र हिमालय माध्यमिक विद्यालयको भवन चर्किएको विवरण प्राप्त भएको छ ।