Bagmati Samachar Logo

एमाले बागमती प्रदेश अधिवेशन : एक हजार १३१ मत खस्यो, ४१ जना अनुपस्थित

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि भएको मतदानमा जम्म १ हजार १ सय ३१ मत खसेको छ । कुल १ हजार १ सय ७२ मतदाता रहेका थिए । मतदानमा ४१ जना अनुपस्थित रहे ।

नयाँ नेतृत्व चयनका लागि पार्टी केन्द्रीय कार्यलय ललितपुरको च्यासलमा शुक्रबार दिउसोबबाट मतदान भएको थियो । एमालेले निर्वाचनमा विद्तुतीय भोटिङ मेसिनको प्रयोग गरेको छ ।

एमालेको प्रदेश अध्यक्षका लागि कैलाश ढुंगेल र कृष्ण दाहाल प्रतिस्पर्धामा छन् । दुबै पक्ष आन्तरिक रुपमा प्यानल बनाएर निर्वाचमा होमिएका थिए । अहिले निर्वाचन सकिएको छ ।