Bagmati Samachar Logo

कर्णालीमा एमाले अध्यक्षका लागि चार जनाको उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशनबाट नेतृत्व चयन हदै छ । आध्यक्षको लागि चार जना नेताले उम्मेदवारी दर्ता गराएका छन् । आज निर्वाचन कार्यातालिकाअनुसार उम्मेदवारले मनोनयन दर्ता थियो ।

अध्यक्षमा गुलावजंग शाह, मीनबहादुर शाही, राजबहादुर शाही र प्रेमबहादुर सिंहको उम्मेदवारी परेको छ ।

सल्यानका शाह यसअघि कर्णाली प्रदेश एमाले संसदीय दलका प्रमुख सचेतक थिए । कालीकोटका मीनबहादुर शाही भने ओली सरकारका पालामा राष्ट्रिय योजना आयोगको सदस्य बनेका थिए ।

दैलेखका राजबहादुर शाही कर्णालीका पूर्वसभामुख हुन् । यस्तै कालीकोटका प्रेमबहादुर सिंह लामो समयपछि एमाले फर्किएका नेता हुन् ।

चार जनाको उम्मेदवारी परे पनि मुख्यप्रतिस्पर्धा गुलाबजंग शाह र मीनबहादुर शाहीबीच हुने चर्चा छ ।