एमाले बागमती प्रदेश अधिवेशन : बल्ल सुरु भयो मतदान
नेकपा एमालेको बागमती प्रदेशको पहिलो अधिवेशनबाट नेतृत्व चयनको लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्यासी दुबैजनाले मतदान गरेका छन् । शुक्रबाट बिहान ११ बजेबाट हुने भनिएको निर्वाचन बल्ल सुरु भएको छ ।
मतदान सुरु भएपछिसँगै अध्यक्षका प्रत्यासीले मतदान गरेका छन् ।
निर्वाचनको समय पटक पटक सदै आएको थियो । आज (शुक्रबार) ८ बजेदेखि चुनाव हुने कार्यतालिका सार्वजनिक गरेको थियो । तर आज शुक्रबार पुन ११ बजेलाई सरेको थियो । ११ बजेपनि निर्वाचन सुरु हुन सकेन । अहिले करिब डेढ बजेबाट मतदान सुरु भएको छ ।
मतदान अध्यक्षका उम्मेदवारद्धयले गरेका छन् ।
२४० सदस्यीय प्रदेश कमिटीको पाँच पदाधिकारीमा मात्रै १८ जनकोे उम्मेदवारी परेको छ ।
सचिवमा नवराज सिलवाल र हस्त बहादुर पण्डित उम्मेदवार छन् । सचिवमा एक पद छ । उपसचिवमा धेरै जनाले उम्मेदवारी दिएका छन् । जसमा टासी लामा, खड्ग बहादुर पुलामी, ओमराज पन्त, कृष्णहरि थापा, डबल पाण्डे, प्रेम बहादुर महर्जन, रमेश महर्जन, राजेन्द्र श्रेष्ठ, भक्त कुमारी लामा र रिता गौतम ढकाल छन् । उपसचिवमा दुई पद छन् ।
एमालेले जिल्लाबाट प्रदेश कमिटी सदस्यहरुमा सकेसम्म सर्वसम्मत गराउने भन्दै निर्वाचनको समय सादै आएको छ थियो । बल्ल पाँच दिनमा निर्वाचन सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस्: