Bagmati Samachar Logo

बागमतीका चेपाङ समुदायले न्वागी पर्व मनाए

हेटौंडा । मकवानपुरमा चेपाङ समुदायहरुले शुक्रबार छोनाम (न्वागी) पर्व मनाएका छन् । चेपाङ समुदायले धार्मिक पर्वका रूपमा छोनाम अर्थात् न्वागी पर्व हरेक वर्ष भदौ २२ गते मनाउछन् पर्दछ । बागमती प्रदेश सरकारले चेपाङहरूको राष्ट्रिय पर्व छोनाम (न्वागी)का अवसरमा शुक्रबार सार्वजनिक बिदा समेत दिएको छ ।

मकवानपुरको राक्सिराङ, कैलाश गाउँपालिकामा चेपाङ समुदायहरुको बाहुल्यता रहेको छ । मकवानपुरको मनहरी, हेटौंडा उपमहानगरपालिका क्षेत्रमा पनि केही क्षेत्रमा चेपाङहरुको बसोबास रहेको छ ।

बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि मकवानपुरका चेपाङ समुदायले सामूहिकरूपमा छोनाम (न्वागी) पर्व मनाउँदै छन् । मकवानपुरका चेपाङ समुदायहरुले आज सामूहिकरूपमा छोनाम पर्व मनाउन लागेका छन् ।

विगत आठ वर्षदेखि चेपाङ समुदायले चेपाङ सङ्घको पहलमा सामूहिकरूपमा न्वागी मनाउँदै आएका छन् । चेपाङ सङ्घको तर्फबाट उत्सवका रूपमा सामूहिकरूपमा पर्व मनाउन लागिएको छ ।

चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । यस छोनाम पर्वका दिन घैया धानको चामल, पिँडालु, निबुवा, घिरौलालगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खाने दिन पनि रहेको छ ।