Bagmati Samachar Logo

एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि कँडेल र रिजालको उम्मेदवारी दर्ता

काठमाडौं। नेकपा एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशनमा सहमति नहुदा अध्यक्षका लागि दुई जनाले उम्मेदारी दर्ता गराएका छन् ।

आज समतिको प्रयास असफल भएपछि राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गराएका छन् । शनिबार प्रदेश अधिवेशन उद्घाटनका क्रममा पार्टीअध्यक्ष केपी शर्मा ओलीले हिजै सहमति गर्न भनेपनि सहमति हुन सकेन । आज पनि सहमतिको जिम्मा लुम्बिनी प्रदेश कमिटी इन्चार्ज पद्यमा अर्याललाई दिएका थिए । तर अन्तिम समयसम्म पनि सहमति नभए पछि अध्यक्षका दुबै आकाक्षिले उम्मेदवारी दर्ता गराएका छन् ।

दुबै आकांक्षीले अध्यक्षको दाबीबाट पछि नहटेपछि निर्वाचन नै हुने पक्का भएको छ । कँडेलले आफूले उम्मेदवारी दर्ता गराएको बताए । उनले भने, ‘सहमति भएन । मैले उम्मेदवारी दर्ता गराएको छु । अरु कसको उम्मेदवारी परेको छ थाह भएन । मेरा प्रस्तावक राजु प्रसाद श्रेष्ठ र समर्थक भोजराज पोखरेल छन् ।’

रिजवालले पनि उम्मेदवारी दर्ता गरेका छन् । उनका प्रस्तावकमा विजयबिराट विष्ट र समर्थकमा बाला सिंह काउछा छन् । एमालेमा दोस्रो तहको नेताहरुमा गुटबन्दी हुदा त्यसको असर प्रदेश अधिवेशनमा पनि देखिएको छ । उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल गुटबीच प्रतिस्पर्धा हुने भएको छ । कँडेल पौडेल गुटका हुन भने रिजाल पोखरेल गुटका हुन् ।