Bagmati Samachar Logo

बागमती प्रदेशमा गाडी भाडा बढ्यो, कुन रूटमा कति ? (सूचीसहित)

काठमाडौं । बागमती प्रदेश सरकारले बिहीबारदेखि प्रदेशभरी चल्ने गाडीको भाडा बढाएको छ । नेपाल आयल निगमले १ साउनमा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि इन्धनको मुल्य बढेसँगै भाडा पनि बढाएको हो । यसअघि ११ साउनमा बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घटेको थियो ।

बिहीबारदेखि गाडी भाडा बढेको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयले बिहीबार निकालेको प्रदेश राजपत्र अनुसार उपत्यका बाहिर बागमती प्रदेशमा चल्ने यात्रुबाहक सवारीमा ५ दशमलव ३१ प्रतिशत भाडा बढेको हो । मालबाहक सवारी साधन (ट्रक)मा ७ दशमलव ७७ प्रतिशत अर्थात १३ रुपैयाँ ७४ पैसा प्रतिकिमीरप्रतिटनबाट बढेर मालबाहक सवारीमा प्रतिकिमी प्रतिटनको भाडा १४ रुपैयाँ ८० पैसा पुगेको हो ।

यस्तै काठमाडौं उपत्यकामा ५ किलोमिटरसम्म यात्रा गर्दा यात्रुबाहक सार्वजनिक सवारीमा १८ बाट १९ रुपैयाँ ५० पैसा, १० किलोमिटरसम्म यात्रा गर्दा २४ रुपैयाँबाट २६ रुपैयाँ, १५ किलोमिटरसम्म यात्रा गर्दा २९ रुपैयाँबाट ३१ रुपैयाँ ४१ रुपैयाँ पुगेको छ । २० किलोमिटरसम्म यात्रा गर्दा ३२ बाट ३३ रुपैयाँ ६६ पैसा, २० किलोमिटर भन्दा माथि ३७ रुपैयाँबाट ४० रुपैयाँ ८ पैसा लाग्नेगरी भाडा बढेको छ ।

ट्याक्सीमा पनि बढ्यो भाडा

इन्धनको स्वचालित मूल्य अनुसार बागमती प्रदेशमा चल्ने ट्याक्सीको भाडा पनि बढेको छ । ट्याक्सीमा चढ्नेवित्तिकै ५२ रुपैयाँ भाडा लाग्ने भएको छ ।

यस्तै प्रति २ सय मिटर १० रुपैयाँ लाग्नेमा ३४ पैसा भाडा बढेको छ । ट्याक्सीमा अब बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्मको भाडादर प्रति २ सय मिटर १५ रुपैयाँ ५२ पैसा लाग्ने भएको छ ।
यस्तो छ भाडादर