धादिङ बस दुर्घटना : आठ जनाको मृत्यु, १७ घाइतेको उद्धार, खोजी कार्य जारी
काठमाडौं । धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहरामा भएको बस दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको बेनितर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान अनियन्त्रित भइ सडकबाट त्रिशूली नदीमा खसेको थियो ।
उद्धारमा खटिएका स्थानीयवासीका अनुसार मृत्यु हुनेमा एक बालिका र एक महिलासहित आठ जना छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार बसमा सवारमध्ये १७ जना घाइते छन् । घाइते मध्ये १३ जनालाई उपचारका लागि काठमाडौं ल्याइएका छन् भने चार जनाको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
बस नदीमा डुबेकाले यात्रु डुबेको या नदिने बगाएको आशंकामा गोताखोरको टोलीले थप यात्रुको खोजी गरिरहेको छ ।
उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी खटेका छन् ।
प्रतिक्रिया दिनुहोस्: