Bagmati Samachar Logo

नेकपा एसको पोलिटब्युरो बैठक : नेतृत्वको आलोचना, गणेश प्रवृतिले पार्टी बन्दैन

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरोको बैठकमा नेतृत्वको आलोचना भएको छ ।

पार्टी कार्यलयमा बसेको बैठकमा २६ जना नेताहरुले आफ्नो धारणा राखेका छन् । बैठकमा नेताहरुलाई पाँच वटा विषयमा बोल्न भनिएको थियो । जसमा वर्तमान राजनीतिक बारे,संगठन सुदृढीकरण, पार्टीको सैद्धान्तिक र वैचारीक कुरा, पार्टीको आन्तरिक सांगठनिक अवस्था, महाधिवेशनबारे बोल्न भनिएको एक पोलिटब्युरो सदस्यले बताए । ती सदस्यका अनुसार पार्टी भित्र भएका समस्याका बारेमा नेताहरुले आफ्नो धारणा राख्नु भयो । विशेष गरेर विद्यार्थी र युवामा भएको विवादको कुरा नेताहरुले उठाए ।

ती नेताले भने, ‘संगठनमा तल गएर काम नगर्दा समस्या आयो । काठमाडौंमा बसेर भएन । गणेश प्रवृति छोड्नु पर्यो । हामीले राम्राृे काम गर्दा पनि प्रचार गर्न सकिएन । इन्चार्जहरुले पनि आफ्नो जिम्मेवारी निभाउन नसकेको र जनसंगठनमा पनि समस्यारहेको कुरा उठे ।’

आज उमेश डाँगी, कृष्ण पन्त, कृष्ण खनाल, गणेश बिके, गणेश काङवाङ, चिरञ्जिवी आचार्य, दिलु पन्त, धर्म निरौला, निरा जैरु, बसन्त मानन्धरलगायतले धारणा राखेका छन् ।

आपफ्नो पार्टी सबैखालका चुनौतीको सामना गर्न तयार भएको बैठकमा बताएको एक सदस्यले बताए । नेपालको भनाइ भन्दै ती सदस्यले भने, ‘आफूहरुले नयाँ पार्टी बनाएको राजनीतिमा आउने चुनौति सामना गर्न र कम्युनिष्ट आन्दोलनको रक्षा गर्न हो । हाम्रो पार्टी नै कम्युनिस्टमा सबैभन्दा सहि छ । देशमा भएका सबै खाले अनियमिता र भ्रष्टाचारको छानबिन हुनु पर्छ ।’

स्थायी कमिटीमा फरक मत राखेका नेता झलनाथ खनालले पोलिटब्युरो बैठकमा भने कुनै फरक मत नराखेको एक पोलिटब्युरो सदस्यले बताए । ती सदस्यले भने,‘उहाँको प्रस्ताव स्थायी कमिटीमा नै सकिइसक्यो । यहाँ त केहि पनि पेश गर्नु भएन । हो आज बोल्ने सदस्यहरुले केन्द्रीयक कमिटी बैठकमा जादा एक प्रस्ताव लैजाउ भन्नु भयो ।’
बैठक भोली पनि बस्ने छ ।