मकवानपुरमा पहिरोमा परेर एक जनाको मृत्यु, तीन बालबालिकासहित ६ जना बेपत्ता
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–५ सिग्रे मा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका मकवानपुरका अनुसार आज राती आएको पहिरोमा परेर एक जनाको मृत्यु र ६ जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बागमती–५ सिग्रे देभानका अक्कलबहादुर स्याङतानको घर पहिरोले पुरिएको हो । पहिरोमा परी ज्यान गुमाउनेमा अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमाया स्याङतान रहेको प्रहरीले जनाएको छ ।
अक्कल बहादुर, उनका छोरी शिला स्याङतान, ज्वाइँ जीवन पहरी, नाति चार वर्षीय मिलन पहरी, डेढ वर्षीया नातिनी दिव्या पहरी र पाहुना सिन्धुली हरिहरपुरका १६ वर्षीया पासाङ पहिरोमा पुरिएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी पुगेर उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टेकबहादुर कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस्: