पाँच दिन नेताहरु पढेर बैठक सकाए प्रचण्डले
काठमाडौं । शान्ति प्रक्रियामा आएपछि प्रचण्डले मोहन वैद्य र बाबुराम भट्टराई किताब पढ्ने र आफू ती दुई जनालाई पढ्ने गरेको जवाफ कांग्रेस सभापति गिरीजा प्रसाद कोइरालाल दिएका भनेर खुबै चर्चा हुने गरेको थियो ।
प्रचण्डले यो केन्द्रीय कमिटीको बैठकमा पनि सबै नेताहरुको दिमाग र अनुहार पढेर बैठक सकाएका छन् ।
महाधिवेशन पछि यसरी एकै ठाउँ जम्मा भइएर पाँच दिन सम्म बैठक बसेको थिएन । जसका कारण माओवादीभित्र अन्र्तविरोध चर्केको थियो । जुन पोख्ने स्थान बैठक हुन्थ्यो । यो बैठकमा माओवादी अध्यक्षको चर्को आलोचना भयो । बेला बेलामा आफ्नो पार्टीका ठूला देखि साना नेताहरु पढ्ने गरेका छन् । नेकपा माओवादीको महाधिवेशन भएको झण्डै ढेड वर्ष पछि बसेको केन्द्रीय किमिटीको बैठक बोलाएर प्रचण्डले फेरि देशभरीका करिब ८ सय जति नेताहरुको अध्ययन गरेर बैठक सकेका छन् ।
यो बैठकमा माओवादी अध्यक्षको रुपमा रहेका प्रचण्डको आलोचना भयो । तर प्रधानमन्त्रीको रुपमा रहेका प्रचण्डको भने प्रससुा भयो । प्रधानमन्त्रीको सचिवालयको आलोचना भयो । प्रचण्डका छोरी ज्वाईको भर्तिकन्द्र भएको भनेर आलोचना भयो । तर आलोचनाको कुनै जवाफ नै नदिएर प्रचण्डले बैठक सके । अन्तिमा माओवादी नेताहरुले माक्र्सवाद, लेनिनवाद र माओवाद जिन्दावाद भनेन् प्रचण्ड पनि जिन्दावाद भनेर बैठक सकाए ।
महाधिवेशन देखि गत वर्ष भएको संसदको निर्वाचनको मत परिणासम्म आउदा प्रचण्डले हार मानिसकेका थिए तर यो बैठकबाट पुन प्रचण्डले एक पटक पार्टी बनाउने अठोटमात्र देखाएनन सबैलाई सन्तुलनमा ल्याएर हौसला दिएको एक पदाधिकारीले बताए । ती पदाधिकारीले भने,‘बीचमा अब माओवादी पार्टी पहिला जस्तै बनाउन सकिदैन कि भनेर हार मानेको देखिन्थ्यो तर यो बैठकले अध्यक्ष कमरेडमा हौसला बढेको र पार्टी एक पटक बनाउन सकिन्छ भन्ने देखियो । पार्टी भित्रको अन्र्तसंघर्षपनि लगभग मत्थर बनेको छ । तीन महिने अभियान सफल बनाउन सकिएमा माओवादी विस्तारै लयमा फर्कन सक्छ ।’
माओवादीमा प्रचण्ड निर्विकल्प रहेको निष्कर्ष पनि यो बैठकले पुन स्थापित गर्यो । प्रचण्डले कतै आफूलाई किनारा पारेर विप्लवसँग एकता त गदैनन प्रचण्ड भन्ने चिन्ता र चासोमा रहेका उपमहासचिवद्धय जनार्दन शर्मा र वर्षमान पुनलाई पनि बैठक हलमा नै आश्वस्त पारे । उनले बैठकमा भने,ठकमा भने,‘ हामीलाई अहिले पार्टी चाहिएको हो । विचार राजनीति सिद्धान्त प्रमुख हो । मान्छे ल्याएर मात्र हुदैन । पद दिएर कमिटी भाग लगाएर गरिने एकता एकता जस्तो हुदैन । किरण जी, बाबुराम जी र विप्लवजी फरक गर्छु भनेर जानु भयो सक्नु भएन । उहाँहरु सबै असफल हुनु भयो । हामीलाई असफल हुने छुट छैन । तत्काल पार्टी बनाउने हो पद बाढेर गरिने एकता होइन ।’
योबीचमा प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीचको दुरी धेरै बढी सकेको थियो । तर यो बैठकले दुबै नेताहरुलाई नजिक पुगाएको एक केन्द्रीय सदस्यले बताए । ती नेताले भने, ‘जनार्दन कमरेड प्रचण्डभन्दा अझै टाढा जाने अवस्था थियो । यो बैठकले नजिक ल्याएको छ । सक्छन् कि भन्ने डर जनार्दनलाई थियो तर बागमतिको इन्चार्ज दिएर झन नजिक राखेको देखियो ।’
प्रचण्ड एकता केन्द्र २०४१ सालदेखि ०५२ सालसम्म जस्तो अवस्थामा थियो । त्यहि अवस्थामा अहिले मााओवादीमा रहेको भनेर नेताहरुलाई आवस्थ पारे । ‘यो अवधिमा माओवादीले जनयुद्ध सुरु गर्छ कि गदैन भन्ने भन्ने थियो । जनयुद्ध भयो । अहिले पार्टीको नेतृत्वमा सरकार छ समाजवाद तर्फ जान्छ कि जादैन भन्ने छ हामी समाजवादमा जाने हो, प्रचण्डले भने ।’
निर्विकल्प भएका प्रचण्ड उत्साहित
माओवादी केन्द्रका उपमहासचिवद्धयले केहि दिन पहिलालदेखि सञ्चार माध्यममा दिएका अभिव्यक्ति त्यति कडा थिएनन जति माओवादी वृतमा चर्चा हुन थालेको थियो । माओवादीहरुमा नै जनार्दन शर्मा र बर्षमान पुनले प्रचण्डका विकल्प खोजेका हुन कि भन्ने बहस हुन थालेको थियो । तर उहाँहरुले आफूहरुलाई प्रचण्डपछिको उत्तराधिकारीको रुपमा सुरक्षित गर्न खोजेका थिए । जुन कुरा प्रचण्डले बैठकमा आश्वस्त मात्र पारेनन् आफू नजिक ल्याएर झन विश्वासको वातावरण तयार गरेका छन् ।
शनिबारको बैठकमा बोलेका उपमहासचिव पुनले भनेका थिए, ‘अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन । अध्यक्षलाई सम्पूर्ण रूपले सहयोग गरेर जान म तयार छु । तर उत्तराधिकारी तयार पार्न विधिको विकास गरेर जाऔं ।’
अर्का उपमहासचिव शर्माले भने, ‘अध्यक्ष कमरेडले भन्नुपर्यो कुन अप्ठेरो मोडमा तपाईले मेरो साथ र समर्थन पाउनु भएन ? हामी तपाइकै हौं, दुई जनामध्ये महासचिव जसलाई बनाए पनि हामीलाई मान्य हुन्छ भनेर अनुरोध गर्दा पनि नयाँ प्रस्ताव अघि सारिन्छ । सोही प्रस्तावलाई सहज रूपमा स्वीकार गर्दा पनि अनेकन् प्रचारबाजी गरिन्छ । अनि गरौं के ?’
सुनकाण्डमा पुनले छानबीनको माग गर्दा महरा मौन
पछिल्लो समय चर्चामा आएको सुन काण्डमा माओवादी नेताहरुलाई पनि जोडेर संलग्नताको आशंका व्यक्त भइरहदा बैठकमा पनि यो ुकरा उठ्यो ।
पुनले यो विषयमा स्पष्टीकरण दिए । उनले बैठकमा नै छानबीनको माग गरे । तर उपाध्यक्ष कृष्ण बहादुर महराले यो विषयमा नै प्रवेश गरेनन् । बैठकमा बोल्ने क्रममा पनि महराले यो विषय नै उठाएन् । जबकि उनीमाथि बैठकमा पनि प्रश्न उठेका थिए ।
शुक्रबारको बैठकमा लेखनाथ दाहालले कृष्णबहादुर महरामाथि पनि छानबिन गरिनुपर्ने माग राखेका थिए । उनले भने, ‘माओवादीको नेतृत्वमा सरकार रहेको समयमा पार्टीको उपाध्यक्ष पदमा रहेका व्यक्तिमाथि सुन तस्करीको आरोप लागेको अवस्थामा यसलाई छानबिन गरेर प्रष्ट पार्नुपर्छ ।’
सरकारले गरेका राम्रा कामको जसलिने विषयमा प्रधानमन्त्री र उप्रधानमन्त्रीबीच पनि होडबाजी रहेको चर्चा माओवादीमा चल्ने गरेको थियो । तर बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचारी पार्टीकै भए पनि नछाड्ने र अध्यक्ष प्रचण्डकै सल्लाहमा आफू अघि बढेको बताए । उनले भने, ‘भ्रष्टाचारविरोधी अभियान अध्यक्षसँगकै सल्लाहमा सुरु गरिएको हो । यो रोकिँदैन। पार्टीकै नेताहरु भए पनि छाडिँदैन ।’
पार्टी बनाउन अभियानदेखि नेतृत्व परिवर्तनसम्म
केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश सदस्यहरुले पार्टी नेतृत्वको आलोचना गरे । नेतृत्वको कार्यशैलीप्रति आलोचना गर्दै त्यसमा सुधार नगर्ने हो भने पार्टी नै सकिने चेतावनीसमेत दिए । सुधारको लागि नेतृत्व तहबाटै थालनी हुनुपर्ने उनीहरुको भनाइ थियो । माओवादीले पहिलो चरणमा तीन महिने अभियान सुरु गर्ने योजना ल्याएको छ । जसका लागि पार्टी अध्यक्ष र उपाध्यक्षहरु नै वडासम्म गएर संगठन बनाउने प्रतिबद्धता जनाएका छन् ।
पार्टीमा केन्द्रमा भन्दा बढी गुटबन्दी प्रदेश कमिटी , जिल्ला कमिटी र स्थानीय तहमा भएको निष्कर्ष निकालेकाले प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेका छन् । सबै भन्दा बढी अन्र्तविरोध रहेको मधेश प्रदेश र सुदुरपश्चिम छन् । जसका कारण प्रतिनिधि सभामा सुदुरपश्चिमा एक सिट पनि जितेन । मधेश प्रदेशबाट केहि सिट जित्यो ।
आन्तरिक प्रतिस्पर्धा गर्न बचन दिए
माओवादी केन्द्रमा निर्वाचनको प्रणाली खासै छैन । केहि वर्ष पहिला विद्यार्थी संगठनको नेतृत्व चयन निर्वाचनबाट गरेका थिए । त्यो पनि त्यहि वर्षदेखि बिट मार्यो ।
केन्द्रीय समितिमा बोल्ने नेताहरुले आन्तरिक निर्वाचन हुनु पर्ने माग गरे । पार्टी संगठनात्मक संरचना ठूलो र बढी भद्दा भएको जसका कारण पार्टी चुस्त दुरुस्त हुन नसकेको रिपोर्टिङ गरेका थिए । मूलतः पार्टीलाई विधि र पद्धतिमा लैजानुपर्ने माग गरेका थिए ।
पार्टीमा प्रदेश सम्मलेनहरुबाट सुरु भएको छ । अब त्यो प्रक्रिया केन्द्रीय नेतृत्वको चयनमा पनि लागु गर्ने प्रचण्डले प्रतिबद्धता जाहेर गरे । जसको लागि विधान सम्मेलन गर्ने गर्ने भएको छ । विधानमा नै यति सदस्य कमिटी भनेर किटान गर्ने र उक्त कमिटी निर्वाचित बनाउने प्रचण्डले जवाफ दिएका छन् ।
तीन जनाको जवाफ दिए
बैठकमा प्रचण्डमाथि, उनको सचिवालयमाथि धेरै प्रश्न उठे । तर जवाफ दिदा दुई वटा वैचारीक र एक प्राविधिक प्रश्नको जवाफ दिए । बैठकमा केन्द्रीय सदस्य ओम शर्माले पाँच हजार वर्ष माओवादी बाचेपनि समाजवाद नआउने बताएका थिए । प्रचण्डले कुनै पार्टीको आयु पाँच हजार वर्ष नहुने जवाफ दिए ।
लेखनाथ न्यौपानेले संसारमा माओवादी सिद्धान्त र संसदीय राजनीतिक प्रणाली एकै ठाउँमा कहीँ पनि छैन । अहिले हामी माओवादलाई संसदीय राजनीतिमा प्रयोग गरिरहेका छौँ । माओवादीको ओरालो यात्रा फेदीमा नपुगुञ्जेल रोकिँदैन । यसलाई रोक्ने न वैचारिक निकास छ न त व्यावहारिक कोसिस भएको छ ।
प्रचण्डले यसको जवाफ छोटकरीमा दिए । उनले नेतृत्वले माओवाद र संसदीय व्यवस्था संगै जान सक्दैन भन्ने नबुझेर होइन । विकल्प केहि नभएर स्वीकार्नु परेको बताए । उनले भने,उनले भने,‘अहिले नै संसदीय व्यवस्था हुन सक्दैन भन्ने हो भने न समात्ने हाँगो हुन्छ न टेक्ने ठाउँ । यो व्यवस्थाको विकल्प भएपछि यसलाई छोड्ने हो । नेतृत्वलाई थाह छ ।’
अर्का केन्द्रीय सदस्य ढीपी ढकालले समाजवाद दुई चरण हुन्छ भनेर स्पष्ट पार्नु पर्ने । पहिलो उत्पादन वृद्धि गर्ने संविधानमा भएका मौलिक अधिकारलाई कार्यन्वयन गर्ने पहिलो चरण हुन्छ ।
संगठन युद्धको समयमा योग्य मानिसको पदोन्नती हुने व्यवस्था थियो । अहिले त्यो छैन । अब निर्वाचन मार्फत जाउ ।
प्रचण्डले समाजवदको तयारीमा रहेको । यसमा कन्फुयज हुनु पदैन । जाने समाजवाद नै हो । अहिले हामीले तयारीको चरण सुरु गरेका छौ ।
प्रतिक्रिया दिनुहोस्: