Bagmati Samachar Logo

माओवादी बैठक : पार्टीमा गुटबन्दी भयो, नेतृत्वबाट सुधार आवश्यक

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटीको बैठकमा नेतृत्व प्रति नै सबैले आलोचनाको तिर सोझ्याएका छन् ।

दोस्रो दिनको बैठकको प्रारम्भमा वरिष्ठ उपाध्यक्ष तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठल आफ्नो धारणा राखेका थिए । उनले राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन तथा सरकारका कामका बारेमा आफ्नो धारण राखेका थिए ।

उनले अहिले चर्चामा रहेको सुन तस्करीका विषयमा पार्टीकै नेताहरु भएपनि नछोड्ने कडा अभिव्यक्ति दिए ।
सरकारले गरेका राम्रा कामकोा प्रचार नेताहरुले नै नगरेको भन्दै असन्तुष्टि पोखेका थिए ।

बैठकमा बोल्ने अधिकासं केन्द्रीय सदस्यहरूले पार्टीमा सांगठानिक अराजकता बढ्दै गएको, विधि र पद्धति मिचिने काम नेतृत्वबाट नै भएको भन्दै आलोचना गरेका छन् ।

केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टीको विचार र व्यवहार लथालिंग अवस्थामा रहेको बताए । शान्तिपूर्ण प्रतिस्पर्धाको नाममा पार्टी बदनाम भइसकेकाले नेतृत्व तहदेखि सच्चिनुको विकल्प नभएको न्यौपानेको भनाइ थियो । न्यौपानेले माओवादीले संसदीय व्यवस्थाबाट समाजवाद ल्याने सपना पुरा नहुने बताएका छन् ।
उनले भने, ‘विश्व कम्युनिस्ट आन्दोलनमा आएको विचलन जसरी माओवादीमा विचलन आउने क्रम जारी रहेको छ । विचार र व्यवस्थाबीच भिन्ताले ओरालोको यात्रा जारी छ । यो रोक्ने विधि पद्धति हामीसँग छैन ।’

सुरेश आलेमगर ः विचार सहितको समृद्धि चाहिन्छ । यसले मात्र जनताको हितमा काम गर्न सक्छ । कोशी प्रदेशबारे पार्टीको धारणा के हो ? प्रष्ट आएको छैन ।

हरिराज अधिकारी ः ‘समाजवादी मोर्चा बन्नु राम्रो हो ?’ भन्दै नेतृत्वलाई प्रश्न गरे । पार्टीबाट पोलिटब्युरो हटाउनुको कारण के हो भन्दै उनले नेतृत्वले जवाफ दिनुपर्ने बताए ।

भीम बुढा मगरले पार्टी, दलाल, ठेकेदार र बुर्जुवाको घेरामा रहेको बताउँदै सहिद परिवारको अवस्थाबारे पार्टीले ध्यान दिनुपर्नेमा जोड दिए ।

दिलीप प्रजापती ः पार्टीमा अराजकता हावी हुँदै गएको बताउँदै विधान मिच्ने काम अध्यक्ष प्रचण्डबाटै भएको आरोप लगाए

हितबहादुर तामाङ ः विगतलाई निर्मम ढंगले समीक्षा गर्दै पार्टीलाई अघि बढाइनुपर्ने । पार्टी बनाउन कार्यकर्ताको मूल्यांकन हुनुपर्ने पर्छ ।

माधव सापकोटा ः यथास्थितिमा पार्टी निर्माण हुन सक्दैन । पार्टीमा गति दिनेगरी कार्यक्रम बनाउनु पर्छ । नयाँ तरिकाले सोच्नु पर्ने समय अझै बाँकि छ ।
उनले सबै कमिटीमा निर्वाचन गरिनुपर्ने उल्लेख गरे । एकै व्यक्ति पटक पटक मन्त्री भइराख्ने प्रवृत्तिको सापकोटाले विरोध गरे ।

दिपेन्द्र पुन ः पार्टीले जनसम्बन्ध गुमाएकोले सुधार गर्नु अत्यावश्यक छ ।

दिलीप शाह ः जम्बो कमिटीले कार्यकर्तामा निराशा मात्र बढायो । पार्टी कमिटी छिटो छरितो बनाउनु पर्छ ।

लक्ष्मी पुन ः अब जनतासँग भिज्न सक्नेलाई पार्टी नेतृत्व हस्तान्तरण गर्नु पर्छ । अब पुस्तान्तरण आवश्यक रहेकोमा उनले जोड दिइन् ।

जगत सिंखडा ः माओवादीमा अराजकता बढेको छ । त्यसलाई नियन्त्रण गर्न नेतृत्व गम्भीर हुनुपर्ने पर्छ ।

शिवराज यादव ः नेतृत्वले पार्टीलाई सही ढंगले चलाउनु पर्छ । पार्टी कमिटीलाई बढीभन्दा बढी मधेसीलाई समेटिनु पर्छ ।

हरिनारायण चौधरी ः माओवादीको मधेस प्रदेशमा कुनै कमिटी छैन । जसका कारण बैठक बस्न सकेको छैन । सांगठनिक अभियान पनि सञ्चालन हुन सकेन । पहिला कमिटी बनाउनु पर्छ । नेताहरु लड्न कमिटी नै बनेन ।

प्रकाश पोखरेल ः भनाइ र गराइबीच भिन्नता छ । पार्टीमा अन्र्तविरोध छ । सामाजवादी क्रान्तिको आधार तयार गर्ने काम गर्नु पर्छ ।

कृष्ण बहादुर महरा पार्टी बनाउने अथवा विघटन गर्ने अवस्थामा पुगेका छौ । जनतामा परेको राम्रो असरको पुँजीकरण गर्न सकिएन । पार्टी बाउनु पर्छ ।
हामीहरु शहरमुखि भएकाले बिग्रेका हौ । गाउँ जानु पर्छ । त्यसको लागि तयार छौ कि छैनौ ? जनतामा गएर सच्चिनु पर्छ ।

भिम कुमाखी शहिद परिवारको बेजोग भएको छ । हामी अझै संघर्षको लागि तयार छौ । तर दोस्रो तहका नेताहरु सच्चिन तयार छन कि छैनन् ।

रामदिप आचार्य बदलियको समाज र पुरानो पार्टी ढाँचा मुल समस्या हो । पिरामिड वेब आकारको पार्टी संगठन चाहिन्छ । सामुहिकतावादमा जानु पर्छ ।

निलकण्ठ तिवारी प्रचण्डको प्रतिवेदनमा माओवादीको नश्न हराएको छैन ।