Bagmati Samachar Logo

सरकारले गरेका राम्रा कामको माओवादीले प्रचार गर्न सकेनन् : नारायणकाजी

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले गरेका राम्रा कामको पार्टीकै नेता कार्यकर्ताले सामाजिक सञ्जालमा प्रचार नगरेको भन्दै दुखेसो पोखेका छन् ।

“गरेका कामको प्रचार भएन । राम्रा काम पनि भएका छन्,” उनको भनाई थियो, “पार्टी कार्यकर्ता कसैले स्टाटस लेखेनन् । प्रधानमन्त्रीसँग सल्लाह गरेरै अघि बढेको हो । यसको पार्टीले स्वामित्व लिनुपर्छ । भ्रष्टाचार विरोधी अभियानमा पार्टीकै भए पनि दोषीलाई छाडिदैन ।”

“सरकारले गरेका राम्रा कामको प्रचारप्रसार भएन,”  उनले बैठकमा गुनासो पोख्दै भने, “जस लिने कुरामा हाम्रा नेताहरू तथा कार्यकर्ताबाटै कन्जुस्याइँ गरेको देखियो ।” वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सरकारमा रहेका मन्त्रीहरूबीच सरसल्लाह गरेर काम गरिरहेको पनि बताए ।

बैठकमा उपाध्यक्ष कृष्णबहादुर महराले पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । उनले पार्टी राम्रो बनाउन सबै नेताहरू एकढिक्का भएर मिहिनेतका साथ लाग्नुपर्ने बताए ।