Bagmati Samachar Logo

प्रचण्ड प्रधानमन्त्री भएर गरेका राम्रा काम जति सबै उनकै छोरीज्वाइले खाए : ओम शर्मा

काठमाडौं । नेकपा माओवादीका केन्द्रीयसदस्य तथा प्रववास कमिटी अध्यक्ष ओम शर्माले प्रधानमन्त्री भएर गरेको राम्रो काम उनका छोरीज्वाइले खाइदिएको बताएका छन् । केन्द्रीय कमिटी बैठकमा बोल्ने क्रममा शर्माले माओवादी पार्टी प्रचण्डका छोराछोरीले सिध्याएको आरोप लगाएका छन् ।

उनले रिपोटिङको क्रममा उनले भने,‘ ज्वाईलाई रुएको भरमा मन्त्री बनाउने ।जनताका छोरा छोरी संगठन बनाउन गाउँ गाउँ जाने । तपाईका ज्वाई छोरी मुगुमा पार्टी बनाउन जान्छन् । म जान तयार छु । तपाई र माओवादी नेताहरुको सम्पति छानबीन गर्न तयार हुनु हुन्छ कि हुनु हुन्न ?’

यो पार्टीको आयु पाँच हजार वर्ष तोके पनि यो पार्टीले समाजवाद नल्याउने धारणा राखेका छन् । उनले विधान महाधिवेशन र विशेष महाधिवेशन हुन्छ भन्ने आफूलाई विश्वास नलागेको बताए ।