Bagmati Samachar Logo

माओवादी बैठकमा ७ सय ५८ जना सहभागी हुने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको बुधबारदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकमा सात सय ५८ जना सहभागी हुने भएका छन् ।

प्रज्ञाभवन कमलादीमा भोली बिहान ११ बजेबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा पूर्ण केन्द्रीय सदस्य ३८५, बैकल्पीक केन्द्रीय सदस्य १९८, आयोगका ७५ र १० वटा प्रदेश कमिटीबाट पदाधिकारी १०० जना सहभागी हुने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए ।

उपाध्यायले भने ‘भोलिको बैठकलाई समयमा नै सञ्चालन गर्न आजै पुरा तयारी सक्ने । बैठकमा सहभागी हुने नेताहरुलाई आजै परिचयपत्र वितरण गरिसक्ने छौ ।’

माओवादी केन्द्रमा अनुशासन आयोग, लेखापरीक्षण आयोग र निर्वाचन अयोगछन् । ७ वटा भौगोलिक प्रदेश, उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास गरी तीनवटा गैर भौगोलिक प्रदेश कमिटी छन् ।