Bagmati Samachar Logo

कोशीका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर, सभामुखको हस्ताक्षर प्रयोग असंवैधानिक (पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले उनको नियुक्त बदर गरेको हो ।

सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोगलाई सर्वोच्चले असंवैधानिक भएको ठहरसमेत गरेको छ । सभामुख गौतमको हस्ताक्षर प्रयोग गरी थापालाई परर्शुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

सरकार गठन गर्दा सभामुखसमेतको हस्ताक्षर प्रयोग गरेर अवैधानिक सरकार गठन गरेको दाबी गर्दै एमाले संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्च अदालतमा २२ असारमा रिट दर्ता गरेका थिए ।