गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनु पर्छ : कांग्रेस सांसद शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनु पर्ने बताएका छन् । उनले त्यसको लागि तत्काल कांग्रेस संसदीय दलको बैठक बोलाउन पनि माग राखेका छन् । उनले संसदीय दलको बैठकको माग गदै संसदीय दलको कार्यालयमा निवेदन दिएका छन् ।
एक क्वीन्टल सुन प्रकरणबारे छलफल गर्न उनले साउन १० अगावै दलको बैठक बोलाउन माग गरेका हुन् ।
उनले एयरपोर्टबाट भएको सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्रीको भूमिकाप्रति शंका उत्पन्न भएकाले यसबारेमा कांग्रेस संसदीय दलको बैठकमै छलफल हुनुपर्ने बताएका छन् । उनले यो प्रकरणमा आफ्नो माग पूरा नभए संसदमै अनशन बस्ने चेतावनी दिएका छन् । संसदमा आमरण अनशन बस्न मिल्छ भन्ने प्रश्नमा उनले भने, ‘सुन निल्न मिल्ने अनशन बस्न नमिल्ने ? प्रहरी लगाएर निकाल्ला, म तयार छु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्: