Bagmati Samachar Logo

प्रधानमन्त्रीको सुशासन सल्लाहकार भन्दै लाखौँ ठगी गर्ने पक्राउ

काठमाडौं । प्रधानमन्त्रीको सुशासन सल्लाहाकार हुँ भन्दै ठगी गर्ने दुई जनालाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ । ती दुई जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ । उनीहरूलाई प्रहरीले आइतबार कोटेश्वरबाट पक्राउ गरेको हो ।

उनीहरूले प्रधानमन्त्रीको सुशासन सल्लाहकार भएको र विभिन्न नेताहरूसँग चिनजान रहेको भन्दै विभिन्न कम्पनी तथा व्यक्तिहरूबाट ४५ लाख रुपैयाँ ठगेको प्रहरीमा उजुरी परेको छ । उनीहरू ना ४ च ८६७० नम्बरको स्कर्पियोसमेत लिएर फरार भएका थिए ।

प्रहरीले काठमाडौं नागार्जुन नगरपालिका ८ का राजेन्द्र प्रसाद खनाल र सोही स्थानका विशाल खनाललाई पक्राउ गरेको हो । उनीहरूविरुद्ध जिल्ला अदालत झापाले पक्राउ पुर्जी जारी गरेको थियो । अपरान अनुसन्धानको टोलीले उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमक झापा पठाएको छ ।